कम्युटर अपरेटरको बढुवाको व्यवस्था यथावत राख्न माग

  संघीय निजामती सेवा विधेयकको प्रस्तावित प्रावधानप्रति आपत्ति जनाउँदै आएका कम्प्युटर अपरेटरहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले प्रस्तावित व्यवस्थाका कारण वृत्ति विकासको बाटो अवरुद्ध हुने भन्दै विरोध जनाउँदै आएकामा आज भूमि, व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन ।

बिज्ञापन

विगत लामो समयदेखि कायम अभ्यास, सर्वोच्च अदालतको फैसला र लोक सेवा आयोगको सिफारिसलाई समेत ध्यानमा राख्दै हाल कार्यरत करिब एक हजार कम्प्युटर अपरेटरको वृत्ति विकास सुनिश्चित गर्न उनीहरूले मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

बिज्ञापन

ज्ञापन पत्रमा लोक सेवा आयोगको सिफारिसपछि नेपाल सरकारले निजामती सेवा नियमावली, २०५० को नियम ५८ बमोजिम कम्प्युटर अपरेटरलाई निरन्तर रूपमा नेपाल प्रशासन सेवातर्फ बढुवा गर्दै आएको उल्लेख छ । त्यस्तै, सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको फैसलामार्फत नेपाल विविध सेवा तथा राजपत्र अनंकित प्रथम श्रेणीका कम्प्युटर अपरेटरहरू आन्तरिक कर्मचारी रहेकाले ऐन तथा नियमावलीबमोजिम ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवा, राजपत्र अनंकित तृतीय श्रेणीमा बढुवा गर्न स्पष्ट आदेश भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
कम्युटर अपरेटरहरुले विगतदेखि कायम रहेको प्रशासन सेवातर्फको बढुवा व्यवस्थालाई यथावत् राख्न माग गरेका हुन्। ध्यानाकर्षण पत्रमा विगत लामो समयदेखि कायम अभ्यास, सर्वोच्च अदालतको फैसला, लोक सेवा आयोगको सिफारिस तथा यसअघि संसदमा पेस भएका विधेयक र संसदीय समितिका प्रतिवेदनसमेतले कम्प्युटर अपरेटरको वृत्ति विकासको व्यवस्था स्वीकार गरेको उल्लेख गरिएको छ ।

प्रस्तावित विधेयकको मस्यौदामा कम्प्युटर अपरेटरहरूलाई नेपाल प्रशासन सेवाको राजपत्रांकित तृतीय श्रेणी (अधिकृत स्तर) मा बढुवा हुने हालको व्यवस्था हटाइएपछि करिब १ हजार कर्मचारी आन्दोलित भएका हुन्।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारी अध्ययन बिदा विवादमा प्रदेश सरकारको निर्णय कार्यन्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

सरकारी जग्गा संरक्षण गर्ने निकायबाटै सरकारी सम्पत्तिको दोहन ?

कम्युटर अपरेटरको बढुवाको व्यवस्था यथावत राख्न माग

मन्त्रिपरिषद् बैठक बस्दै, तीन सहसचिव सचिवमा बढुवा, सचिवहरुको सरुवा हुने सम्भावना

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

सुधार गर्न खोज्दै मन्त्री, घेरा कस्दै कर्मचारी : श्रम मन्त्रालयमा ‘गुल्मी–स्याङ्जा कनेक्सन’को चर्चा

लेखापाललाई सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

यस्ता छन् सचिव बैठकका १० निर्णयहरु

बिशेष