महालेखा नियन्त्रकको कार्यालयले १९ महिनादेखि सम्पर्कविहिन भएकी एक लेखापाललाई सरकारी सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
बिज्ञापन
कार्यालयका अनुसार,यान्त्रिक तालिम केन्द्र पाटन ढोकामा कार्यरत सरस्वती ज्ञवालीलाई पदबाट हटाउने प्रक्रिया अगाडि बढाएको हो । कर्मचारी संकेत नम्बर १८९३१८ रहेकी ज्ञवाली पाटन ढोकास्थित यान्त्रिक केन्द्रमा स्वीकृत दरबन्दीमा कार्यरत रहेकोमा ०८१ साल पुसदेखि विना जानकारी कार्यालयमा अनुपस्थित रहेको जनाइएको छ ।
बिज्ञापन
१९ महिनादेखि कार्यालयको सम्पर्कभन्दा बाहिर रहेकी लेखापाल ज्ञवालीलाई कार्यालयमा अनुपस्थित हुनुको चित्त बुझ्दो कारण पेश गर्न भन्दै यस अघि १५ दिनभित्र कारण पेश गर्न सार्वजनिक सूचना प्रकाशन भएकोमा हालसम्म कुनै पनि स्पष्टीकरण पेश हुन नआएकोले निजामती से्वा ऐन अनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी किन नहाटउनु पर्ने हो चित्त बुझ्दो कारण तीस दिनभित्र पेश गर्न भनिएको छ ।



























