सहसचिव दाहाललाई धरौटीमा छाड्न आदेश

सहसचिव मदन दहाललाई भ्रष्टाचार मुद्दामा १५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ। सम्पत्ति शुद्धीकरणको कसुर लागेका नेपाल सरकारका दाहालसँग बिशेष अदालतले १५ लाख रुपैयाँ धरौटी माग गरेको हो ।

बिज्ञापन

सोमबार अदालतमा उपस्थित भएका दाहालको बयानपछि थुनछेक आदेश भएको हो। अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। पदीय जिम्मेवारीसमेतलाई ध्यानमा राखेर बिशेषले १५ लाख रुपैयाँ धरौटी माग गरेको हो । दाहाल पछिल्लो समय सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत थिए।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाहालविरुद्ध बिगो ३ अर्ब ५० करोड ३० लाख ६३ हजार १ सय ९२ रूपैयाँको आधा सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।दाहाल २०८१ मंसिर २८ गतेदेखि २०८१ फागुन १२ सम्म प्राधिकरणको अध्यक्ष बनेका थिए।
दाहाल बीमा प्राधिकरणको अध्यक्ष हुँदा बिचौलिया दीपक भट्टको स्वार्थअनुसार हिमालयन रिइन्स्योरेन्स लगायत कम्पनीको पक्षमा नीतिगत सहयोग गरेको अभियोगमा गत २८ जेठमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघका कर्मचारीलाई अब अर्धमासिक तलब

शक्तिको दुरुपयोग गर्दै मन्त्री चौधरी चढ्छिन् आधा दर्जन फेरिफेरि गाडी

संघीय निजामती विधेयक अन्तिम चरणमा, ‘३०–५५’ यथावत् राख्ने तयारी

यी हुन उपसचिव नियुक्ति सिफारिस भएका ४५ जना

भन्सार जाँच नगरी आठ कन्टेनर छुटाइएपछि खैलाबैला, मुस्ताङको ‘सेटिङ’ अब राजस्वको जिम्मामा

२२ उपसचिव र २३ अधिकृतको सरुवा,४२ जनालाई खटाइयो स्थानीय तह

सम्पादक श्रेष्ठलाई छाड्न सर्वोच्च अदालतको आदेश

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर,लेखापालसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष