सर्वाेच्च अदालतमा चार न्यायधीशहरु नियुक्तिको तयारी भइरहेको छ । सर्वोच्च अदालतमा सेवाभित्रैबाट न्यायाधीश नियुक्तिको तयारी भइरहेको हो । सर्वाेच्चका न्यायधीश नियुक्ति हन मुख्य न्यायाधीशबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । हाल सर्वाेच्चमा तीन न्यायाधीश पद रिक्त छ । यही भदौ १४ गतेदेखि ६५ वर्षको उमेरहदका कारण न्यायाधीश तिलप्रसाद श्रेष्ठ घर जाँदैछन् । भदौं दोश्रो साता पछि सर्वोच्चमा चार न्यायधीश पद रिक्त हुनेछ ।
बिज्ञापन
संविधानमा पाँच वर्ष उच्चको न्यायाधीश वा मुख्य न्यायाधीश बनेपछि मात्र सर्वोच्चको न्यायधीश नियुक्त हुन सक्ने प्रावधान छ । सर्वोच्चको न्यायाधीशका बन्नका लागि उच्च अदालतका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द, राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारी प्रतिस्पर्धामा रहेका छन् ।
बिज्ञापन
प्रतिष्पर्धीमध्ये बागचन्द उच्च अदालत पोखरा, भट्टराई उच्च अदालत विराटनगर, कुँवर उच्च अदालत पाटन, भण्डारी उच्च अदालत सुर्खेत र तिवारी उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश छन् । बागचनले साइबर लमा पीएचडी गरेका छन् । सर्वोच्च आउने संभावित न्यायाधीशमा जनकपुरबाट टेकनारायण कुँवर, विराटनगरबाट राजन भट्टराई, दाङबाट राजेश्वर तिवारी, पाटनबाट चन्द्रबहादुर सारुका अलवा पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरको नाम चर्चामा छ । यस्का अलवा बाग्लुङमा कार्यरत यमुना भट्टराईको नाम पनि चर्चामा छ,न्यायीक वृत्तमा ।
सर्वोच्चका मानबहादुर कार्कीलाई सरकारले प्रमुख निर्वाचन आयुक्त नियुक्त गरेसँगै रिक्त रहेको रजिष्टरमा सहसचिवहरु बाबुराम दाहाल र ठगेन्द्र कट्टेको सम्भवना रहेको छ,भनिन्छ । यी मध्ये एकले प्रशासन र अर्काेले न्याय हेर्नेछन् । सर्वोच्चको न्यायाधीशहरू प्रायःजसो वकिलबाट आएका छन् । नहकुल सुवेदी, नृपध्वज निरौला मात्र ब्युरोक्रेसीबाट आएका हुन् । टेकप्रसाद ढुंगाना कानुन मन्त्रालयको सचिव थिए । श्रीकान्त पौडेल सहसचिवबाट रजिस्ट्रार भएका हुन् ।



























