निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

    स्वास्थ्य सेवा विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन लत्याइरहेको पाइएको छ । अहिले सो विभागमा निमित्त महानिर्देशक छन्,डा अनुज भट्टचन । उमेर हदका गत असार ५ मा डा केशर ढकाल निवृत्त भएसँगै बिभागको निमित्त हेर्ने जिम्मेवारी पाएका हुन डा भट्टचनले । जन स्वास्थ्यका कतिपय बिषयमा सिधै ठोक्किने सो कार्यालय कतिसम्म गैरजिम्मेवार रहेको पाइएको छ भने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको निर्देशन समेत अवज्ञा गरिरहेको पाइएको छ ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयले देशभरका सबै सार्वजनिक निकायलाई आफ्ना कर्मचारीको विवरण अद्यावधिक गर्न र नागरिकका गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएको महिनौं भइसकेको छ । सरकारी कार्यालयका टेलिफोन नउठ्ने र वेबसाइटमा राखिएका सूचना पुरानो भएको व्यापक गुनासो आएपछि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई परिपत्र गर्दै विवरण अद्यावधिक गर्न भनेको थियो,प्रवक्ता तथा सहप्रवक्ताहरुको टेलिफोन नम्बर नै राख्न निर्देशन दिएको भए पनि सो निर्देशन विभागले लत्याइहरेको छ । प्रश्न उठ्छ, प्रधानमन्त्री कार्यालयको निर्देशन अटेर गर्ने सो कार्यालयले अरुको निर्देशन के टेर्ला ?

बिज्ञापन

सरकारी निकाय राष्ट्रिय सूचना आयोगले,सरकारी निकायले प्रवक्ता,सूचना अधिकारी तोक्नुपर्ने र तिनका गतिविधि तथा जानकारी चाहिएको खण्डमा तिनैमार्फत सार्वजनिक हुनुपर्ने नीति अख्तियार गरेको छ । तर दूरदराजका सरकारी निकाय होइनन् कि सिंहदरबार नजिकै रहेको सरकारी मन्त्रालयको वेब साइडबाटै सूचना अधिकारी र प्रवक्ताको सम्पर्क नम्बर गायब बनाइएको हो । सो कार्यालयले सूचना अधिकारीका रुपमा मोहन प्रसाद कोइरालालाई जिम्मेवारी दिएको छ तर त्यहाँ उनको व्यक्तिगत तथा सरकारी टेलिफोन नम्बर नभइ कार्यालयको ल्याण्ड नम्बरमात्र राखिएको छ । उनी तिनै कर्मचारी हुन,यस अघि बैदेशिक रोजगार, यातायत,त्रिवि अध्यागमन हुँदै स्वास्थ्यमा पुगेका हुन ।
सयौंका संख्याका करारका कर्मचारीहरुको करार नवीकरण गर्न नमानेका यहाँका यिनै कर्मचारीहरुले आफू निकटका कर्मचारीहरु छानी छानी करार नवीकरण गरेको बिषय समेत अहिले कर्मचारीहरुले उठाइरहेका छन् ।
उसो त निमित्त महानिर्देशक डा भट्टचनको निर्णय क्षमताको अभावकै कारण बजारमा सर्पदंशदेखि गर्भवती आमालाई चाहिने फोलिक एसिड तथा इम्प्लान्ट खरिद हुन नसकेको बिषय उठिरहेको छ । उनै डा भट्टचनले कमाण्ड सम्हाल्न थालेको डेढ महिना दिन पुग्यो तर सिंहदरबारबाट जारी भएको परिपत्र केही किमी पर रहेको सो कार्यालयले आजसम्म कार्यान्वयन गरेको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष