भैरहवा भन्सार कार्यालयको सक्रियता बढ्दो

तस्करी गरी नेपाल भित्रिएको एक टिपर सामान भैरहवा भन्सार कार्यालय बेलहियाले नियन्त्रणमा लिएको छ । निर्माण सामग्री बोक्ने टिपरमा राती चोरी तस्करी गरेर नेपाल भित्रीएको ३५ लाख बराबरको सामान बरामद गरेको हो ।

बिज्ञापन

भन्सार कार्यालय बेलैयाका अनुसार आइतबार बिहान ४ बजेतिर भन्सार चोरी तस्करी गरी नेपाल भित्रिएको सामान लोड गरिएको टिपर भैरहवा तर्फ आउँदै गरेको भन्ने सूचनाको आधारमा सामान सहित २ जनालाई नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयका बेलहियाका अनुसार गौतमबुद्ध बिमास्थल नजिकै मौवा भन्ने स्थानमा रहेको सूचनाको आधारमा लु २ ख १२५३ नम्बरको टिपर र गाडीका चालक सन्दीप हरीजन सहचालक दिपक पथरकट्टालाई नियन्त्रणमा लिएको जनाएको छ ।

बिज्ञापन

भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले त्यस क्षेत्रबाट केही दिन अघिदेखि टिप्परबाट भन्सार छलिका सामानको तस्करी भैरहेको सूचना प्राप्त भएको र पक्राउका लागि एक सातादेखि निरन्तर प्रयाश गर्दा पनि टिप्पर उम्किने गरेको बताए । ‘पक्राउ गर्ने एक सातादेखिको निरन्तर प्रयास बल्ल सार्थक भएको छ’, उनको भनाइ थियो ।

प्रमुख गौतमका अनुसार करिब ३ बजे चोरी तस्करी भएर नेपाल भित्रिएको तस्करीको सामान सहित टिपर रहेको भन्ने सूचनाको आधारमा गाडी र चालक सहचालकलाई नियन्त्रणमा लिन सफल भएको बताए । टिपरमा १५ लाख बराबरको हुका फेलेबर र कपडाका बिभिन्न आईटमहरू रहेको पाइएको छ ।उनका अनुसार, हुक्काको फ्लेबर महंगो छ र आयात गर्दा अन्तशुल्क समेत लाग्ने गर्छ । टिप्परलाई माथि भन्सार छलिका दृष्टिले चेकजाँच नहुने भएकाले तस्करीको सामान ढुवानी गर्नमा तस्करले टिप्परको प्रयोग गर्ने नयाँ जुक्ती प्रयोग गरेका हुन् । पक्राउ परेका चालक र सहचालकको बयानको आधारमा यस विषयमा थप छानबिन र अनुशन्धान जारी रहेको उनले जनाए ।

बिज्ञापन

व्यत्तिगत निर्माणका कार्यमा नदीजन्य सामाग्रीको ढुवानी, क्लिकंरको कच्चा पदार्थ चुन ढुंगाको ढुवानी, क्लिंकर, कोइला लगायतका सामानको ढुवानीमा रुपन्देहीमा दैनिक अनुमानित हजारको संख्यामा सयौं टिप्पर संचालनमा हुने गर्छन् । दैनिक ढुवानीमा प्रयोगमा आउने टिप्परलाई प्रयोगमा ल्याउन बेथरी आसपास क्षेत्रमा तस्करले भन्सार छलिका सामानको गोदाम बनाई दैनिक यसरी नै ढुवानी गरि गन्तब्यमा पुर्याउने गरेको हुनसक्ने अनुमान गरिएको छ ।

टिप्परको २० लाख र सामानको १५ लाख गरी ३५ लाख बराबरको सामान मूल्यांकन गरी भन्सार लगिएको प्रमुख गौतमले बताए । तस्करीको सामान कुन नाकाबाट नेपाल भित्रीएको भन्ने खुलेको छैन अनुसन्धान भैरहेकोछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष