एक सय ५० किलो गाँजासहित ७ जना पक्राउ

मगाउँपालिका-४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १ सय ५० किलोसहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिज्ञापन

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-७ बस्ने १९ वर्षीय टिकाराम प्रजा, सोही गाउँपालिका-३ बस्ने १५ वर्षीय किशोर, कैलाश गाउँपालिका-४ बस्ने २८ वर्षीय बम बहादुर चेपाङ, २७ वर्षीय हरि कुमार प्रजा, २७ वर्षीय बिरमान प्रजा, मनहरी गाउँपालिका-३ हाडी खोला बस्ने ४४ वर्षीय रामहरी लुईटेल र सोही गाउँपालिका-५ बस्ने ३६ वर्षीय दिपक थापा मगर रहेका छन् ।

बिज्ञापन

पर्सा राष्ट्रिय निकुञ्ज लामिटारका कर्मचारी र सोही निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजा बोरामा बोकेर पर्सा जिल्लातर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विज्ञान प्रविधि मन्त्रीको सल्लाहकारमा थापा

खाँडादेवी गाउँपालिकाका प्राविधिकहरूद्वारा सामूहिक राजीनामा

को बन्लान ३० औं मुख्य सचिव,यी हुन १० प्रवल दाबेदार

मन्त्रालयको सहजीकरण टोली असफल,२८ स्थानीय तहले ल्याउन सकेनन समयमा बजेट

बालेन सरकारले अब १५ दिनमै ६५ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

बिशेष