बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

करार कर्मचारीहरुको भर्तीकेन्द्र बन्दै आएको राष्ट्रिय प्राकृतिक सरक्षण कोषबाट कर्मचारी हटाउने नाममा युवाहरुलाई निकाल्ने र बूढाखाडालाई जागिरमै राख्ने प्रक्रिया अगाडि बढेको छ ।

बिज्ञापन

राष्ट्रिय प्रकृति संरक्षण कोषले अवैधानिक रुपमा करारका भर्ना गरिएका झण्डै दुई सय करार कर्मचारीहरुमध्ये २०८१ भन्दा अगाडि भर्ना भएका कर्मचारीहरु राख्ने र २०८१ पछि राखिएका कर्मचारीहरु हटाउने गरी गृहकार्य अगाडि बढेको कोष स्रोतले जनाएको छ ।  कोषका अध्यक्षमा वन मन्त्री गीता चौधरी रहेकी छिन भने सचिव राजेन्द्र मिश्र,घनश्याम उपाध्याय,मुकुन्द निरौलाहरु वोर्ड सदस्य छन् । उनै मन्त्री गीता चौधरीहरुकै जोडबलमा कोषका सदस्य सचिवमा नियुक्त भएका हुन,चिरञ्जिवी प्रसाद पोखरेल । ओएण्डएम गर्दा ८१ अगाडि करारमा भर्ती भएका कर्मचारीहरु राख्ने र त्यस पछि भर्ती भएका ४० जना करार कर्मचारी हटाउने गरी गरिएको कोष स्रोतले जनाएको छ ।

बिज्ञापन

उसो त यही कोष हो,जहाँ करारका कर्मचारीहरु समेत एक तह बढूवा भएका थिए । कोषमा झण्डै दुई सय कर्मचारीहरु कार्यरत रहेकोमा २०८१ अगाडि भर्ना भएका कोषको सञ्चालक समिति बैठकले आफूखुसी मापदण्ड तोकेर कर्मचारीको करार नवीकरण गर्दा एक तह बढुवा गरिदिएको बिषय सार्वजनिक भएको धेरै भएको छैन । यद्यपि यस्ता बदमासी गर्ने उपर कुनै कारवाही अगाडि बढाइएको छैन बरु तीनै कर्मचारीहरुलाई संरक्षण गर्ने गरी कोष अगाडि बढेको स्रोतले जनाएको छ ।

संविधानको धारा २४३ को उपधारा ४ ले कुनै पनि संगठित संस्थाको कर्मचारीको सेवा सम्बन्धी कानुन बनाउँदा, त्यस्ता पदमा बढुवा गर्दा, विभागीय कारबाही गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तका विषयमा लोक सेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था गरेको भए पनि त्यहाँ २ सय बढी करारका कर्मचारीहरुमध्ये झण्डै तीन दर्जन करारका कर्मचारीहरुलाई बढुवा गरेर काम लगाइरहेको छ । कोष स्रोतका अनुसार ८१ साल अगाडि भर्ना १५० जना कर्मचारीहरुलाई नचलाउने र त्यस पछि भर्ना भएका ४० करार तथा ज्यालादारी कर्मचारीहरुमात्र हटाउने गृहकार्य अगाडि बढेको हो । १०७ जना स्थायी दरबन्दी भएपनि कोषमा सयौं पदहरु रिक्त राखेर करारमा कर्मचारी भर्ना गर्दै काम अगाडि बढाइरहेकोमा नयाँ सरकार आए पछि समेत यो विकृती २० बाट १९ हुने देखिएन,कोषका एक अधिकारी भन्छन् ।

बिज्ञापन

कुनै बेला तत्कालीन अधिराजकुमार अध्यक्ष हुँदा पनि यतिसम्म विकृति थिएन, हुकुम प्रमांगीबाट जागिर खानेहरु आए पनि संख्या थोरै हुन्थ्यो, अहिले त करारमा दलका कार्यकर्ता भर्ना गरेर तलब खुवाउने अखडाजस्तो बनाइएको छ । त्यसमा पनि बूढाखाडालाई जागिरमा राख्ने र युवाहरुलाई जागिरबाट निकाल्ने गृहकार्य भइरहेको छ । बूढाखाडाले काम गर्ने सकेनन्,देश बिगारे भनेर नेतृत्वमा युवाहरु आए । तिनै युवा मन्त्री,कोषका सदस्य सचिवहरुको जोडबलमा बूढाखाडा कर्मचारीहरुलाई जागिरमा राखेर युवाहरुलाई कामबाट निकाल्ने प्रक्रिया अगाडि बढाइएको प्रति कोषका कर्मचारीहरुले आपत्ति जनाएका छन् । कर्मचारी प्रेसका सम्पर्कमा आएका केही कर्मचारीहरुले भनेका छन्,’करारका कर्मचारी हटाइने हो भने सबै हटाइनु पर्दछ,बूढाखाडालाई राख्ने र नवयुवालाई जागिरबाट हटाउने हो भने जेनजीको विद्रोहको बलमा सत्तामा आएको सरकारविरुद्ध पक्कै राम्रो सन्देश बाहिर जाँदैन ।’

उसो त सोही कोषले कानुनअनुसार गराउनुपर्ने प्रतिस्पर्धा नै नगराई करारका कर्मचारीको तह वृद्धि गरेको धेरै भएको छैन । यसरी तह बृद्धि भएका ८१ सालभन्दा अगाडि नियुक्ति लिएका कर्मचारीहरु रहेका छन् । लामो समय करारमा कार्यरत कर्मचारीले सधैं एउटा पदमा काम गर्नुपरेकाले उत्प्रेरणाका लागि भन्दै कोषले नौ जना अधिकृतलाई वरिष्ठ अधिकृत समेत बनाइएको थियो । केही बर्ष अगाडिमात्र कोषले नौ जना अधिकृतहरुलाई वरिष्ठ अधिकृत, तीन जनालाई सहायक तृतीयबाट बढुवा गरेर अधिकृत बबनाइएको थियो भने तीन जना सहायक द्वितीयबाट सहायक तृतीयमा बढुवा गरिएको थियो । यस्तै दुई जना सहायक प्रथमबाट सहायक द्वितीयमा बढुवा भएका छन् । चार जना सहयोगी तृतीयबाट सहायक प्रथममा बढुवा भएका छन् । तीन जना सहयोगी द्वितीयबाट सहयोगी तृतीयमा र सात जना सहयोगी प्रथमबाट सहयोगी द्वितीयमा बढुवा भएका छन् ।

जबकी कोषको आर्थिक प्रशासन र कर्मचारी विनियम, २०५३ ले करारका कर्मचारी बढुवा गर्ने व्यवस्था नै गरेको छैन । विनियमावलीमा स्थायी कर्मचारीको मात्रै बढुवा प्रक्रियाबाट पदपूर्ति हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

बिशेष