पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एकै पटक २३ जना कर्मचारीहरुलाई हटाउने तयारी थालेको छ । मन्त्रालयले विभिन्न अस्पतालमा कार्यरत पाँचौं तहदेखि नवौं तहका कर्मचारीहरुलाई सफाइ पेश गर्नका लागि १५ दिनको समय दिएको हो ।

बिज्ञापन

मन्त्रालयको सूचना अनुसार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई लगातार साठी (६०) गैरहाजिरीमा रहेका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र,शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्र,कान्ति बाल अस्पताल र आर्युेवेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारीहरुलाई १५ दिनभित्र सफाइ पेश गर्न भनिएको छ ।

बिज्ञापन

सफाइ पेश गर्न मौका दिइएकाहरुमा वीर अस्पतालका डाक्टर अमित रौनियार,डा सुधा शाही,डा रक्षा उप्रेती,डा प्रशान्त कुमार गुप्ता,डा विनित कुमार झाका अलवा सुनिता कुमारी यादव,साहिदा सुब्बा,अनिता बसेल,अञ्जुकला राई,सरस्वती अर्याल,सकिला चौलागाई,प्रतिक्षा ढकाल,गायत्री हमाल रहेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,वीर अस्पतालका १३ जनालाई १५ दिनभित्र सफाइ पेश गर्न भनिएको छ । यस्तै राष्ट्रिय क्षयरोग केन्द्रका पुष्पा क्षेत्री,शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रका सुनिता शाही,विनु निरौला रहेका छन् भने कान्ति बाल अस्पतालका डा मृदुल प्रसाद जोशीका अलवा डा सुजित कुमार झा,डा अंशु झा,डा दोस्ती रेग्मी,चित्रा कुमारी घिमिरे र सुजना जिसी रहेका छन् भने नरदेवी आर्युेवेदमा कार्यरत सरोज अधिकारी रहेको सूचनामा जनाइएको छ ।

यी कर्मचारीहरु लामो समयदेखि गैर हाजिरीमा रहेका कारण स्वास्थ्य सेवा ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी गरिएको हो । मन्त्रालयले विभागीय सजाय नगर्नुपर्ने कुनै कारण भए सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो सफाइ पेश गर्न सक्नेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष