बूढाखाडाहरुले देश बिगारे भन्दै नेतृत्वमा युवाहरु पुगे तर तिनै युवाहरुको रोजाईमा ६५ बर्ष नाघेका व्यक्तिहरुलाई लाभको पदमा पुर्याउन थालेका छन् ।यस्का दुई उदाहरण हुन त्रिवि सेवा आयोगको अध्यक्ष र नेपाल एयरलायन्समा भएको कार्यकारी अध्यक्षको नियुक्ति ।
बिज्ञापन
शिक्षाजस्तो क्षेत्रको संवेदनशील र गरिमामय पदमा राजनीतिक पृष्ठभूमिका उमेरहद नाघेका व्यक्तिलाई नियुक्त गरिएपछि विरोध भइरहेको समयमा समेत उस्तै गल्ती दोह्रोर्याइएको छ नेपाल वायुसेवा निगमको कार्यकारी निर्देशकको नियुक्तिमा । कुनै पनि सार्वजनिक निकायको पदाधिकारी बन्न ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने कानूनी व्यवस्था छ । तर, त्रिवि सेवा आयोग र नेपाल वायुसेवा निगमको कार्यकारी निर्देशकमा नवनियुक्त भएकाहरु ५७ बर्ष नाघिसकेको पाइन्छ । किशोर थापा ६८ वर्ष उमेर पार भइसकेका छन् । शहरी योजनाविद्का रुपमा परिचित उनले सचिवको पाँच वर्षे पदावधि पूरा गरेर अवकाश पाएकै १२ वर्ष बितिसकेको छ ।
बिज्ञापन
उनी ०७४ सालको स्थानीय तह चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका उनी पराजित भएका थिए । त्यतिबेला रविन्द्र मिश्र नेतृत्वको तत्कालिन साझा पार्टीमा आबद्ध भएपनि उनी स्वतन्त्र लड्नुपरेको थियो । यता, थापाआबद्ध ‘साझा पार्टी’ र ‘विवेकशील नेपाली पार्टी’ मिलेर ‘विवेकशील साझा पार्टी’ बनेकोमा गत फागुनको निर्वाचनमा सो पार्टी पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएको हो । यसरी एकातिर उमेरहद नाघेको, अर्कोतिर आफ्नालाई विश्वविद्यालयको गरिमामय पदमा नियुक्त गरेर आलोचित बनेको सरकारले मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा भएको कार्यकारी अध्यक्ष नियुक्त गरेको महेश्वरभक्त श्रेष्ठ ८० बर्ष हाराहारी पुगेको पाइएको छ ।
जबकी मन्त्रालयले जारी गरेको मापदण्डको दफा ३ को उपदफा (घ) नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुखको हकमा तीस वर्ष पूरा भई पैँसट्ठी (६५) वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।’ तर नियुक्त गरिएका श्रेष्ठको उमेर ८० वर्षको हाराहारीमा रहेको पाइएको छ । त्यहाँ नियुक्त भएका श्रेष्ठ ०४९ सालमै निगमको सेवाबाट निवृत्त भइसकेका व्यक्ति हुन् । २०४९ सालमा तत्कालीन सरकारले ‘कुडाकर्कट सफाइ अभियान’ नाममा व्यापक कर्मचारी कटौती गर्दा वायुसेवा निगमबाट श्रेष्ठको पनि जागिर गएको थियो । त्यसबेला उनी निगमको कर्पोरेट डाइरेक्टर थिए । सेवाबाट अवकाश पाएको ३५ बर्ष बितिसकेको छ । निगमको सञ्चालक समिति सदस्यको खुला प्रतिस्पर्धामा पहिलो र दोस्रो नम्बरमा रहेकालाई पाखा लगाएर तेस्रो नम्बरमा रहेका श्रेष्ठलाई कार्यकारी जिम्मेवारी दिने निर्णय नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षको नियुक्तिझैं विवादमा परेको छ,प्राधिकरणको अध्यक्षमा त्यहीँका कर्मचारी अर्जुन घिमिरेलाई अध्यक्षमा नियुक्त गरे । तर उनको नियुक्ति अरु दाबेदार प्रतिस्पर्धीको अन्तर्वार्ता नसकिँदै नियुक्ति दिएको खुलासा भएको छ । गत २४ असारको निर्णय अनुसार अध्यक्षमा घिमिरेको नियुक्ति गरिएको थियो ।
बिज्ञापन
जबकी सोही समयमा अध्यक्षको लागि नौ प्रतिस्पर्धीमध्ये सुशीलप्रसाद साहको अन्तर्वार्ता चलिरहेको थियो । गत असार २४ असार साँझ ४ः५५ बजेदेखि ५ः ४५ बजेसम्म उनीसहित अरु उम्मेदवारको अन्तर्वार्ता चलिरहँदा उता क्याविनेटले भने अर्जुन घिमिरेलाई नियुक्ति दिइसकेको खुलासा भएको हो । यस हिसाबले जान्नेलाई छान्नेहरुले गरेको नियुक्तिमा मेरिटोक्रेसीलाई प्रथामिकता दिने भनिए पनि आफू अनुकुलका पात्रहरुलाई ठाउँ ठाउँमा पुर्याइएको खुलासा भएको हो ।
उसो त यस अघि बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा डा आनन्द सिंह भाटलाई नियुक्त गर्दा पहिलो नम्बरका विकास अधिकारीलाई फालिएको थियो । यस्तै दिपक भट्टसँग नजिक रहेका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकमा देवराज ढुङ्गनाको नियुक्ति समेत विवादमा परेको छ ।





























