सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

सरकारले अस्थायी र करारका कर्मचारी हटाउने तयारी गरेपछि सोविरुद्ध कर्मचारीहरूले आन्द्योलित बनेका छन् । उनीहरुले मंगलबार अर्थ मन्त्रालयमा पुगेर धर्ना समेत दिएका छन् ।
सरकारले हालैमात्र करार सेवाका ५० औं हजार संख्यामा रहेका कर्मचारीहरुलाई हटाएर आउटसोर्सिङबाट काम गर्ने नीति लिएपछि वर्षौंदेखि अस्थायी र करारमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन् । ती कर्मचारीहरुले ले मंगलबार अर्थ मन्त्रालयको मूल ढोकामा जम्मा भएर प्रदर्शन र नाराबाजी गरेका हुन ।

बिज्ञापन

बिज्ञापन

सरकारले करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूको करार अवधि नथप्ने निर्णय गरेपछि प्रभावित कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन । विभिन्न मन्त्रालयमा कार्यरत करार,ज्यालादारी र अस्थायी कर्मचारीहरु आज दिँउसो अर्थ मन्त्रालय पुगेका थिए । उनीहरुले अर्थमन्त्री स्वर्णीम बाग्लेलाई भेट्ने प्रयास गरे तर सफल हुन सकेन । त्यसपछि करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूले अर्थ मन्त्रालय घेराउ गरेका हुन् । सरकारको निर्णयले हजारौं कर्मचारीको रोजगारी संकटमा परेको भन्दै नाराबाजीसमेत गरे । पछि अर्थ सचिव घनश्याम उपाध्यायसँग भेटघाट गरेका थिए । सरकारले हालै करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूको करार अवधि नथप्ने नीति अघि बढाएपछि कर्मचारीहरूले चरणबद्ध आन्दोलन सुरु गरेका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष