बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको सर्वाेच्च अदालतले यस्तो निर्णय गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ को निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले खारेज गर्ने फैसला गरेको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासले उक्त निर्णय खारेजको आदेश गरेको हो ।

बिज्ञापन

बिज्ञापन

सरकारी विज्ञापन निजी मिडियाले पाउनुपर्ने दाबीसहित नेपाल मिडिया सोसाइटीका तर्फबाट अख्तियारप्राप्त अधिवक्ता अनन्तराज लुईँटेलले दायर गरेको रिटमा असार २२ र २३ गते निरन्तर बहस भएको थियो । सोसाइटीका तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, रमेश बडाल, ललितबहादुर बस्नेत, दिनेश त्रिपाठी, अधिवक्ता लुईँटेल, विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल, विशाल थापा, दुर्वाशा लुईँटेल, रामप्रसाद पुडासैनी, डा प्रेमराज लुईँटेलले बहस गरेका थिए । सोही रिटमा सर्वाेच्च अदालतले एकद्धार प्रणालीको निर्णय अदालतले खारेज गरेको हो ।

सरकारका तर्फबाट बहस गरेकाहरुले सरकारी रकमको चुहावट रोक्न सो कदम चालिएको बताएका थिए । चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवस्तरीय बैठकले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी विज्ञापन छाप्नुपर्ने निर्णय गरेको थियो । सोविरुद्ध अधिवक्ता लुईँटेलले चैत २४ गते सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष