भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११२ शाखा अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ । जसमा ३१ जना शाखा अधिकृतहरुलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने तीन जना शाखा अधिकृतहरुलाई जिल्ला समन्वय समितिमा खटाइएको छ बाँकी शाखा अधिकृतहरु गृह,भूम व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा तथा पदस्थापन भएका छन् ।
बिज्ञापन
मन्त्रालयले सार्वजनिक गरेको सरुवा सूची अनुसार,शाखा अधिकृतहरु लोचन खनाल बैतेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत,अमृत दाहाललाई मंगला गाउँपालिका,म्याग्दी,बाबुराम घिमिरेलाई देवानगञ्ज गाउँपालिका,सुनसरी,चक्रपाणी भण्डारीलाई पैयु गाउँपालिका,सुरज अधिकारीलाई इश्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइँदा डम्बरबहादुर बूढालाई सिमकोट गाउँपालिका,अर्जुन रेग्मीलाई ले घेकर गाउँपालिका,खमजङ खत्रीलाई भूमे गाउँपालिका,रुकुममा खटाइएको छ ।
सूची अनुसार,राहदुकुमार उपाध्यायलाई सूर्यगढी गाउँपालिका,नुवाकोट,सुदिप ढुंगनालाई गंगाजमुना गाउँपालिका,धादिङमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ । यस्तै,सन्दिप काफ्लेलाई जलजला गाउँपालिका,विकाश कुशवाहलाई ब्रह्माकुमारी गाउँपालिका,धर्मराज जोशीलाई व्यास गाउँपालिका दार्चुलामा खटाइएको छ । ओमप्रसाद ठाकुरलाई लक्ष्मीपुर गाउँपालिका,सिरहा,हुम्लाको अदनचुली गाउँपालिकामा दिलिप महतरालाई खटाइँदा राजेशकुमार ठाकुरलाई अर्नमा गाउँपालिका,ताप्लेजुङको फत्तालुङ गाउँपालिकामा मैताहाङ लिम्बुलाई पठाइएको छ भने रसुवाको आमाछोदिङ्मोमा विष्णु राई प्रमुख प्रशासकीय अधिकृत भएर जाँदैछन् । यस्तै,पचालझरना गाउँपालिकामा कुमार राना,बसबरिया गाउँपालिकामा भेष साह पुगेका छन् भने लक्ष्मीनिया गाउँपालिका,धनुषामा मिथिलेस ठाकुर,रामेन्द्रप्रसाद कुशवाहलाई सखुवा गाउँपालिकामा खटाइएको छ ।
यस्तै बिगु गाउँपालिकामा श्यामकुमार श्रेष्ठ,उमाकुण्ड गाउँपालिकामा एकराज कुलुङ,नार्पाभूमि गाउँपालिकामा मिलन सारु मगर,नरहरिनाथ गाउँपालिकामा लोकबहादुर नेपाली,सत्यदेव लोहारलाई बिष्णुपुर गाउँपालिकामा खटाइएको छ भने हरिनास गाउँपालिकामा राजेन्द्रकुमार परियार पुगेको छन् । सूची अनुसार,कोठेखोला गाउँपालिकामा सूर्यलाल विश्वकर्मालाई खटाइएको छ ।





























