प्रधानमन्त्रीको सल्लाहकारद्धारा मुख्यसचिवको बिदाइ,दिन खोजेको सन्देश के हो ?

विगतका परम्परागत एक पछि अर्काे अभ्यासहरु क्रमभंग गर्दै आएको वर्तमान सरकारले गत शुक्रवार यस्तै अर्काे क्रमभंगता गरेको छ,जस्को चर्चा र परिचर्चामा अहिले प्रशासनिक वृत्तमा । नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालको बिदाइ प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले गरेपछि अनेकन कोणकाट टिका टिप्पणी र चर्चा तथा परिचर्चा शुरु भएको छ । विगतका अभ्यास र क्रमभंगता गर्ने नाममा सरकारले निजामती प्रशासनको हुर्मत लिन खोजेको रुपमा टिप्पणी गर्नेहरु प्रशष्त भेटिएका छन् निजामती भित्र । झण्डै तीन दशक समय निजामतीमा बिताएर ८ महिना अवधिमध्ये चार महिना वर्तमान सरकारसँग काम गरेका मुख्य सचिव सुमनराज अर्यालको अवकाश उति सुखद हुन नपुगेको टिप्पणी गर्नेहरु धेरै भेटिएका छन् । मुख्यसचिव सुमनराज अर्याल गत शुक्रबारदेखि औपचारिक अवकाशमा गए । उनको अवकाश अघि नै सरकारले बरिरयताको ३६ औं नम्बरमा रहेका गोविन्द कार्कीलाई नियुक्त गरेको छ ।एकातिर बरियतामा निकै तल रहेका कार्कीलाई मुख्य सचिवमा नियुक्ति गरिनु र अर्काेतिर वर्तमान मुख्य सचिवलाई प्रधानमन्त्री तथा मन्त्रीहरुले बिदाइ गर्नुपर्नेमा प्रधानमन्त्रीको सल्लाहकारले बिदाइ गर्नुको पछाडि गहिरो अर्थ रहेको पूर्व प्रशासकरु टिप्पणी गर्दछन् ।

बिज्ञापन

नयाँ मुख्य सचिव कार्कीले नियुक्ति पाउनु अगावै  सिंहदरबारमा आयोजित एक कार्यक्रममा निवर्तमान मुख्यसचिव अर्यालको  बिदाइ कार्यक्रम आयोजना गरिएको थियो । विगतमा सरकारका मुख्य सचिवलाई प्रधानमन्त्रीको उपस्थितीमा बिदाइ गर्ने परम्परा रहँदै आएको थियो । जस्तो सुमन अर्याल अघिका मुख्यसचिव एकनारायण अर्याल प्रधानमन्त्रीबाट बिदाइ भएका थिए । यस्तै उनी अघिका मुख्यसचिव लीलादेवी गड्तौलादेखि शंकरदास बैरागी, लोकदर्शन रेग्मी, राजेन्द्रकिशोर क्षेत्री लगायतका अधिकांश मुख्य सचिवहरुलाई प्रधानमन्त्रीले नै बिदाइ गरेका थिए । तर यस पटक मुख्य सचिवको बिदाइमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार मात्र उपस्थित रहे ।

बिज्ञापन

विगतमा मुख्य सचिवको बिदाइमा प्रधानमन्त्री व्यस्त भए सम्बन्धित मन्त्रीले सरकारी मर्यादा धान्थे । तर यसपालि मुख्य सचिवको बिदाईमा प्रधानमन्त्री बालेन्द्र शाह त देखिएनन् नै न त देखिए अन्य कुनै मन्त्री । मुख्य सचिव सुमनराज अर्यालको बिदाइ कार्यक्रममा राजनीतिक सल्लाहकारको प्रमुख भूमिकामा रहेका तथा हाल संविधान सुझाव कार्यदलको संयोजकत्व गरिरहेका असिम शाहले मुख्य सचिवलाई बिदाइ गरेसँगै प्रशासनिक वृत्तमा तरंग पैदा गरेका छ । मुख्य सचिव अर्यालको बिदाइ गर्ने शाह सल्लाहकारका रुपमा प्रधानमन्त्रीका निकट सहयोगी भए पनि उनी संवैधानिक वा प्रशासनिक पदाधिकारी होइनन् । त्यसैले स्थायी प्रशासनको सर्वोच्च पदाधिकारीको बिदाइमा उनको अग्रभूमिकाले अनेकन प्रश्नहरु उठाइएका छन् । अहिलेको राजनीतिक नेतृत्वले निजामती प्रशासनको हुर्मत लिन सल्लाहकारलाई बिदाइमा पठाएको कतिपय कर्मचारीहरुको ठहर छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष