४ वटा ऐन र एउटा अध्यादेश निस्क्रिय पार्दै सरकार

सरकारले ४ वटा ऐन र एउटा नियमावली निस्क्रिय गर्ने तयारी गरेको छ । गत वैशाखमा संघीय संसद्को अधिवेशन रोकेर जारी गरेका चार अध्यादेशसहित एउटा नियमावली स्वतः निष्क्रिय हुने भएको हो । संविधानले तोकेको ६० दिनको समय सीमाभित्र संघीय संसद्‍बाट स्वीकृत हुन नसकेपछि ती अध्यादेश भोलिदेखि निस्क्रिय हुन लागेको हो । बानेन सरकारले वैशाखमा आठ अध्यादेश जारी गरेको थियो । तीमध्ये ४ अध्यादेश स्वत निस्क्रिय हुने भएको हो ।

बिज्ञापन

राष्ट्रपतिबाट गत वैशाख २२ गते संवैधानिक परिषद (काम,कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको थियो । सोही दिन केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पनि जारी गरियो । त्यसअघि १७ गते सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको थियो । तर ती अध्यादेश संघीय संसदमा पेश गरे पनि त्यसपछिको विधायन प्रक्रियालाई अगाडि बढाइएको छैन । परिणामस्वरूप ती अध्यादेश भोलि ६० दिन पुग्ने भएकाले निष्क्रिय हुने निश्चित भएको छ । संविधानतः संसदमा पेश भएको अध्यादेश प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट स्वीकृत नभई संसदमा पेश भएको मितिले ६० दिन पूरा भएपछि स्वतः निष्क्रिय हुन्छ। सरकारले अध्यादेश संसदमा पेश गरेको मितिले भोलि उक्त अवधि पुग्दैछ ।
सोही अध्यादेशमा टेकेर सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अन्य संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिस भइसकेको छ । सार्वजनिक ओहोदामा रहेका करिब १५ सय पदाधिकारीलाई पदमुक्त गरिसकिएको छ । विश्वविद्यालयमा पनि पुराना पदाधिकारीलाई पदच्युत गरेर नयाँ नियुक्ति दिलाइसकिएको छ ।

बिज्ञापन

यसका अलवा सरकारले  निस्क्रिय हुन लागेका चार अध्यादेश ऐन अनुसार,प्रादेशिक विकास योजनाहरु (कार्यान्वित गर्ने) ऐन, २०१३,नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२, वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ खारेज हुने भएका हुन । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ देखि २२ वैशाखसम्म आठ वटा अध्यादेश जारी गरेका थिए ।

संविधानको धारा ११४ को उपधारा २ (१) को खण्ड ‘क’ मा ‘प्रत्येक अध्यादेश जारी भएपछि बसेको संघीय संसद्का दुवै सदनमा पेस गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ’ भन्ने वाक्य लेखिएको छ । ६० दिने गणना सम्बन्धमा संविधानमा ‘दुवै सदनको बैठक बसेको दिन भन्नाले संघीय संसद्का दुवै सदनको अधिवेशन प्रारम्भ भएको वा पहिलो बैठक बसेको दिन सम्झनुपर्छ र सो शब्दले संघीय संसद्का सदनहरूको बैठक अघिपछि गरी बसेको अवस्थामा जुन सदनको बैठक पछि बसेको छ, सोही दिनलाई जनाउँछ’ भन्ने लेखिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२० बर्षदेखि एउटै भाडाको घरबाट कार्यालय सञ्चालित,स्थानान्तरणको बिषय फेरि अलपत्र

अब कर्मचारीको खराब आचरण स्थायी अभिलेखमा, राष्ट्रिय कितावखाना र सतर्कता केन्द्रले थाले दफा ५५क कार्यान्वयन

३ हजार २ सय कर्मचारीलाई नकारात्मक सूचीमा राख्ने तयारी

४ वटा ऐन र एउटा अध्यादेश निस्क्रिय पार्दै सरकार

बिल पास गर्न दबाब दिँदै गाउँपालिका कार्यालयमै प्राविधिकमाथि कुटपिट, ‘हातखुट्टा भाँचिदिन्छौं, ज्यान मारिदिन्छौं’ भन्दै धम्की

कर्मचारीलाई नयाँ आचारसंहिता : कार्यास्थल बाहिर सेवाग्राही भेट्न बन्देज,समाजिक सञ्जाल चलाउन थप कडाइ

प्रधानन्यायधीशदेखि मुख्यसचिवसम्मको नियुक्तिले के संकेत गर्दछ ?

पाँच उजुरी, सरकारी छानबिन र कारबाही सिफारिसपछि पनि उपकुलपति दौडमा पूर्व निर्देशक

बिशेष