कम्युटर अपरेटरदेखि सहसचिवसम्मको सरुवाको सूची तयार

श्रम मन्त्रालयका कम्युटर अपरेटरदेखि सहसचिव तहसम्मको कर्मचारीको सरुवाको आन्तरिक सूची तयार भएको छ । मन्त्री रामजी यादवले आफूलाई असयोग गर्ने,दलगत कर्मचारी ट्रेड युनियनमा आवद्ध भएका दर्जनौं कर्मचारीहरुको सरुवाको आन्तरिक सूची तयार गरिरहेको मन्त्री निकट स्रोतले जनाएको छ ।

बिज्ञापन

मन्त्रालय स्रोतका अनुसार विगतमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीको ट्रेड युनियनमा आवद्ध रहेर काम गरेका र सरकारलाई सय बुँदे शासकीय सुधार कार्यान्वयनमा असहयोग गरेको भन्दै मन्त्री यादवले त्यस्ता कर्मचारीहरुलाई तत्कालै सरुवा गर्नुपर्ने भन्दै सूची तयार गरेका हुन । सरुवाको सूचीमा रहेका ती कर्मचारीमाथि पुराना पार्टीको ट्याग लगाइएको छ भने ती पार्टीको हितमा काम गरेको आरोप लगाउँदै कैफियतमा जनाएरै ‘तत्काल अन्य सरुवा गर्नुपर्ने’ भनिएको छ ।
सरुवाको सूचीमा तीन सहसचिव, ६ जना उपसचिव,एक जना शाखा अधिकृत रहेका छन् । यसमा मन्त्रालयदेखि विभाग र कार्यालयसम्मका कर्मचारीहरुको नाम र सरुवा गर्नुपर्ने कारण कैफियतको रुपमा उल्लेख गरिएको छ । ती कर्मचारीहरुमाथि विगतमा दलगत कर्मचारी ट्रेड युनियनसँग आवद्ध भएको, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र मिलेमतो गरेको, मन्त्रीको निर्देशन अवज्ञा गरेको, मन्त्रालयविरुद्ध मिडियामा प्रचारवाजी गरिरहेको आरोप लगाइएको छ ।
मन्त्रीले तयार पारेको तीन पृष्टको रिर्पोटमा कर्मचारीको सेटिङ्ग तोड्न मन्त्रीले गरेको प्रयासलाई कर्मचारीले असहयोग गरेको,कतिपय कर्मचारीहरुले म्यानपावर विचौलियासँग साँठगाँठ गर्ने गरेको कारण तत्कालै सरुवा तथा जिम्मेवारी फेरबदल गरिनुपर्ने प्रस्ताव छ । सो मन्त्रालयको कम्प्युटर अपरेटर पदमा ६ जनाको दरबन्दी भए पनि ४ जना करारमा रहेको र स्थायी कर्मचारी अन्तर मन्त्रालय सरुवा भई आउँदा जिम्मेवारीविहीन बनाउने गरेको विषय पनि समस्याका रूपमा उल्लेख गरिएको छ । करारलाई काम लगाउने र स्थायी कर्मचारीलाई जिम्मेवारी नदिने प्रवृत्ति अन्यका लागि आवश्यक परिपत्र गर्न सल्लाह दिइएको छ । मन्त्री यादवले प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाउन आन्तरिक रूपमा तयार पारेको सो रिपोर्टमा कारबाही गर्नुपर्ने कर्मचारीको नाम र कारणसमेत खुलाइएको स्रोतले जनाएको छ ।

बिज्ञापन

उता श्रम मातहतकै एक कार्यालयका कार्यालय प्रमुखले करार सेवाका कर्मचारीहरुमाथि अनुचित प्रस्ताव राखेको बिषय समेत श्रम मन्त्रालयमा पुगेको बुझिएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

घुससहित सब-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख पक्राउ

सहसचिव बरण्डामा,उपसचिवलाई जिम्मेवारी

कम्युटर अपरेटरदेखि सहसचिवसम्मको सरुवाको सूची तयार

मुख्य सचिवका चार प्रवल दाबेदार,कस्को सम्भवना बढी ?

तीन हप्तामा ४३ उपसचिव, ६ जना सहसचिव सहित १७८ जना कर्मचारीले दिए राजीनामा

राष्ट्रिय कितावखाना र कर्मचारी सञ्चयकोषबीच समझदारी, सेवा प्रणाली अन्तरआबद्ध हुने

सेनाका दुईतारे जर्नेललाई चिकित्सा शिक्षा आयोगको जिम्मेवारी

५५ वर्षमै अनिवार्य अवकासको प्रस्तावमा कानुन मन्त्रालयको असहमति, निजामती विधेयक डेढ महिनादेखि रोकियो

बिशेष