युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारको ट्रेड युनियन खारेज गर्ने मनशाय नरहेको बताउनुभएको छ ।
बिज्ञापन
सोमवार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १०३० सम्बन्धि सन २०१४ को प्रोटोकल नम्बर २९ माथिको सैद्धान्तिक छलफलको क्रममा सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिने क्रममा उहाँले उक्त प्रतिक्रिया दिनुभएको हो । मन्त्री यादवले सरकारले सबै ट्रेड युनियनहरुलाई एकीकृत गरेर अघि बढाउन चाहेको समेत स्पष्ट पार्नुभयो । उहाँले उक्त महासन्धिअनुसार तत्काल कानून निर्माण गरी सरकारले त्यसको कार्यान्वयनका लागि कडा अनुगमन गर्ने योजना पनि सुनाउनु भयो ।
बिज्ञापन
मन्त्री यादवले भन्नुभयो,‘ट्रेड युनियन खारेज गरेको होइन, एकीकृत गरेर आउनुस् भनेको हो । हामीले यो महासन्धि अनुमोदन गरेपछि सोहीअनुसार कानून बनाउने हो । यसलाई हामीले संघीयताको मर्मअनुसार नै यसलाई तत्तत ठाउँमा नै निरीक्षण गर्ने, यसलाई उन्मुलन गर्नेतिर हामी काम गर्दछौँ ।’
मन्त्री यादवले सरकारले संघीयताको मर्म अनुसारको श्रमिकहरुको हित प्रवद्र्धनका लागि अनुगमनकारी निकायलाई प्रभावकारी रुपमा परिचालन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।




























