दुई सातामै ५ सहसचिव,३३ उपसचिव२९ शाखा अधिकृतसहित १४६ ले दिए राजीनामा

असार महिना लागेपछि पाँच जना सहसचिवसहित १४६ जना कर्मचारीले राजीनामा दिएका छन् । निजामती किताबखानाको रेकर्ड अनुसार असार लागे ५ सहसचिव,३३ उपसचिव,२९ शाखा अधिकृत,सहायकस्तरका ७९ जना गरी १४६ कर्मचारीले राजीनामा दिएका हुन ।

बिज्ञापन

राष्ट्रिय किताबखाना (निजामती) का अनुसार यो सङ्ख्या यो अवधिमा अनिवार्य अवकाशमा जानेभन्दा बढी हो ।रेकर्ड अनुसार,असार १ गते २, २ गते ५, ३ गते १०, ४ गते १२, ५ गते १२ जना कर्मचारीहरुले राजीनामा दिएका छन् । ६ र ७ गते सार्वजनिक बिदा भएका कारण राजीनामा दिने कर्मचारीहरु भएनन् । ८ गते ११ जना, ९ गते ६ जना, १० गते २ जना र ११ गते ११ जनाले राजीनामा दिएका छन् । यसरी राजीनामा दिनेमा सहसचिव तहका ६ कर्मचारी हुन । वन मन्त्रालयमा कार्यरत सहसचिव राजु सापकोटा र वन विभागका उपमहानिर्देशक उद्धव घिमिरेले समेत राजीनामा दिएका छन् । उता पूर्वाधार मन्त्रालय मातहतकै सहसचिव प्रभात झाले राजीनामा दिएका छन् । उनले आगामी १३ असारदेखि लागू हुने गरि राजीनामा दिएका हुन । पूर्वाधार विकास मन्त्रालयका अनुसार,प्राविधिक सहसचिव प्रभातकुमार झा अझैं १५ वर्ष जागिर बाँकी छदै पेन्सन पकाएर राजीनामा दिएर हिँडेका छन्।
यस्तै उपसचिवहरू भोजबहादुर एडी, श्रीधर पन्थी, शोभाकर पाण्डे, मेघनाथ सापकोटा, लालप्रसाद शर्मा भुसाल, शोभाकर न्यौपाने, सुमा श्रेष्ठ र कृष्ण बेन्जुले राजीनामा दिएकामध्ये अधिकांशको राजीनामा स्वीकृत भइसकेको छ । यस्तै शाखा अधिकृत विणा श्रेष्ठ, शाखा अधिकृत शेखरनिधि पौडेल, शाखा अधिकृत दिलसेर राई, शाखा अधिकृत मार्किस दोरंगाले पनि राजीनामा दिएका छन्। यस अघि नै स्थानीय तहमा खटाइएसँगै शाखा अधिकृतद्धय गणेश घिमिरे, हरि पौडेललगायतले राजीनामा दिएका थिए । यसअघि सुगमबाट दुर्गममा सरुवा हुँदा निजामती कर्मचारीका ट्रेड युनियन लगाएर सरुवा बदर गराउने वा काज मिलाएर काठमाडौँ लगायतका सुगममा बस्ने प्रबन्ध कर्मचारीहरूले मिलाउँथे । अहिले सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीका ट्रेड युनियन पनि खारेज गरेको छ । सो सँगै कर्मचारीहरु राजीनामा दिएर हिँड्न लागेका हुन् । नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ जना कर्मचारीको राजीनामा स्वीकृत भएको किताबखानाको रेकर्डमा देखिन्छ ।

बिज्ञापन

किताबखानाका अधिकारीहरूका अनुसार यसअघि राजीनामा दिनेभन्दा अनिवार्य अवकाशमा जानेभन्दा राजीनामा दिने कर्मचारीको संख्या बढी रहेको पाइएको छ । किताबखानाका महानिर्देशक श्रवण पोखरेलले विभिन्न व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको सङ्ख्या बढेसँगै ‘ई–पेन्सन’ सेवाका लागि आवेदन दिनेको चाप पनि बढेको जानकारी दिए । चालु असार महिनाको १ गतेदेखि १९ गतेसम्मको १५ कार्यदिनमा १४६ जनाले राजीनामा दिएको र देशभरबाट १४२ जना कर्मचारी अनिवार्य अवकाशमा गएको जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष