कम्पनी रजिष्ट्रारमा २० कर्मचारीको दरबन्दी कटौती प्रस्ताव

कम्पनी रजिष्ट्रार कार्यालयका २० कर्मचारी कटौतीको प्रस्ताव उद्योग मन्त्रालयमा पुगेको छ । हाल कार्यालयमा ७० कर्मचारीको दरबन्दी रहेकोमा करिब २९ प्रतिशत अर्थात २० कमर्मचारी कटौतीको प्रस्ताव उद्योगमा पठाइएको हो । मन्त्रालयका सचिवसहितको उच्चस्तरीय टोली लिएर मन्त्री गौरीकुमारी यादव आज कार्यालयको वस्तुस्थिति बुझ्न त्यहाँ पुगेकी थिइन । त्यसक्रममा २९ प्रतिशत कर्मचारी कटौतीको प्रस्ताव गरिएको बिषय मन्त्री यादवलाई जानकारी गराइएको हो ।

बिज्ञापन

कार्यालयको बस्तु स्थिति बुझ्न सचिव कृष्ण राउतसहित त्रिपुरेश्वर पुगेकी मन्त्री यादवलाई कम्पनी रजिष्ट्रारको प्रमुख कृष्ण कुमारी कार्कीले प्रगति विवरण सुनाएकी थिइन । सो क्रममा रजिष्ट्रार श्रेष्ठले टोलीलाई कार्यालयका विभिन्न कार्यकक्ष तथा डिजिटल प्रणालीबारे जानकारी गराएकी हुन ।
कम्पनी रजिष्ट्रारले डिजिटल प्रणाली र प्रविधिलाई पूर्ण रूपमा लागू गरेसँगै जनशक्ति व्यवस्थापनमा ठूलो फेरबदल ल्याउने गरी प्रस्ताव अगाडि बढाइएको हो । हाल कम्पनी दर्ताका लागि सेवाग्राही कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने प्रणाली विकसित गरिएको छ। यसका साथै, कम्पनी दर्तापश्चात् स्थायी लेखा नम्बर लिनका लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालय गइरहनु नपर्ने गरी प्रविधिलाई एकीकृत गरिएको छ ।

बिज्ञापन

नयाँ व्यवस्थाले सेवाग्राहीको समय र लागत दुवै बचत हुने कार्यालयले जनाएको छ। हालै सम्पन्न ओएण्डएममा २९ प्रतिशत कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग मन्त्रालयसमक्ष भएको हो । कार्यालयमा हाल ७० कर्मचारीको दरबन्दी रहेकोमा २० जना कटौतीको प्रस्ताव गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष