मुख्य सचिवसहित ३० कर्मचारीसँग बयान लिँदै अख्तियार

सिंगो मन्त्रिपरिषद्को सदस्य सचिव मानिएका मुख्य सचिव डा बैकुण्ठ अर्यालका एक पछाडि अर्को फण्डाहरु बाहिरिरहेका छन् । एक जना भ्रष्टाचारका अभियुक्तसँग अर्यालको अस्वभाविक कारोवार देखिएसँगै मुख्य सचिव बैकुण्ठ अर्याल टेरामेक्स प्रकरणको विवादमा मुछिएका छन् । यस्का अलवा भ्रष्टाचारका अभियुक्त मानिएका विकल पौडेलसँग अस्वभाविक कारोवार देखिएसँका अर्याल नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार सम्बन्धी ठेक्का प्रकरण मुछिएका छन् ।

बिज्ञापन

उनै मुख्य सचिव अर्यालसहित यो प्रकरणमा जोडिएका कर्मचारी तथा पदाधिकारीहरुसँग अख्तियारले बयान लिन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिवसहित ३० आरोपित कर्मचारीसँग बयान लिन थालेको छ । नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार सम्बन्धी ठेक्का प्रकरणमा आरोपितहरुसँग बयान लिन थालेको हो ।

बिज्ञापन

अख्तियारले नेपाल टेलिकमको ‘बिलिङ प्रणाली मर्मतसम्भार’का नाममा भएको विवादास्पद ठेक्का सम्झौतामा जोडिएका आरोपित कर्मचारीहरुसँग बयान लिन थालेको हो । टेलिकमबाट प्रतिस्पर्धाविना करिव ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि आरोपितहरुसँग बयान लिइरहेको छ अख्तियार ।टेलिकमले मंसीर २०७९ मा बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार गर्ने भन्दै एसिया एन्फोटेक नामक कम्पनीसँग सम्झौता गरेको थियो । प्रतिस्पर्धाविना ६ वर्षका लागि गरिएको ठेक्का सम्झौताको नीतिगत निर्णयमा तत्कालीन सञ्चार सचिव अर्यालको संलग्नता भेटिएसँगै यो प्रकरणमा जोडिएका तत्कालीन सचिव तथा हालका मुख्यसचिव बैकुण्ठ अर्यालका साथै त्यस समयमा जोडिएका सञ्चालक समितिका सदस्यहरुलाई समेत अख्तियारले बयान लिने सिलसिला चलिरहेको छ ।

सञ्चारको सचिव बनेसँगै स्वतः नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षको भूमिका पाएका अर्यालसहित अर्थ मन्त्रालयका तत्कालीन सहसचिव भुपाल बराल, सञ्चार मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव सुशील कोइराला, दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेल, शेयर धनी अम्बिका प्रसाद पौड्याल, दूरसञ्चार कम्पनीका प्रतिनिधि शङ्कर लामिछाने र कम्पनी सचिव राजेन्द्र अर्याल लगायतका पदाधिकारीहरुसँग बयान लिन लागिएको हो ।

बिज्ञापन

नेपाल टेलिकमले प्रतिस्पर्धाबिना लगाएको बिलिङ प्रणाली मर्मतसम्भारको करिव ३ अर्ब १५ रुपैयाँको ठेक्कामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बिशेष