सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण माग गरेको छ । स्थानीय सरकारहरूले तोकिएको समय अर्थात् असार १० गते भित्र बजेट ल्याउनुपर्ने भए पनि विभिन्न २३ वटा स्थानीय तहले समयमा बजेट पेश गर्न नसकेको हुन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले स्पष्ट रूपमा असार १० गतेभित्र देशका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गरिसक्नुपर्ने कानुनी बाध्यात्मक व्यवस्था गरेको छ ।

बिज्ञापन

नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशका कूल २५ वटा स्थानीय तहले असार १० को समयसीमाभित्र बजेट ल्याउन नसकेका हुन ।
यसरी समयमा बजेट पेश गर्न असफल स्थानीय तहमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, धनुषाकै विदेह नगरपालिका, सिराहा नगरपालिका र राजविराज नगरपालिका,जाजरकोटको भेरी नगरपालिकामा, धरान उपमहानगरपालिका, गरुडा नगरपालिका, गढीमाई नगरपालिका, कटहरिया नगरपालिका र फतुवा विजयपुर नगरपालिका,हरिवन नगरपालिका, सुखीपुर नगरपालिका, सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका, गण्डकी प्रदेशको बागलुङ नगरपालिका र सुदूरपश्चिम प्रदेशको कैलालीस्थित टीकापुर नगरपालिका रहेका छन् । उता कोशी प्रदेशको आठराई गाउँपालिका र मोरङको जहदा गाउँपालिका,धनकुटाको छथर जोरपाटी गाउँपालिका,पर्साको छिपहरमाई गाउँपालिका र धोविनी गाउँपालिका, महोत्तरीको पिपरा गाउँपालिका, मकवानपुरस्थित राक्सिराङ गाउँपालिकादेखि मायादेवी गाउँपालिका र सुद्धोधन गाउँपालिका तथा रुपन्देहीको कोटहीमाई गाउँपालिकाले समयमा बजेट ल्याउन असफल भएका हुन । यस्तै सुदूरपश्चिम प्रदेशको अछामस्थित बान्नीगढी जयगढ गाउँपालिका, कैलालीको जोशीपुर गाउँपालिका लगायत रहेका छन् । कतिपय पालिकामा पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको टकरावले समयमा बजेट आउन नसकेको बताइएको छ ।

बिज्ञापन

यस्तै अबस्था आउन नदिन भन्दै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा तोकिएको समयमै बजेट पारित गराउने वातावरण निर्माणमा सहयोग पुर्याउन भन्द्यै मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन वटा स्थलगत सहजीकरण टोली गठन गरेको थियो । मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतबाट समयमै बजेट पारित गर्ने तथा खुद्रे योजना समावेश नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने व्यवस्था पनि गरेको छ ।

मन्त्रालयले समयमा बजेट पेश गर्न नसक्ने स्थानीय तहहरुलाई बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइबारे तीन दिनभित्र स्पष्ट पारेर विवरण पठाउन भनिएको छ । पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेश गर्न नसक्नुको कारण के हो, तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सोसमेत खुलाएर पत्र प्राप्त भएको मितिले तीन दिनभित्र जानकारी गराउन भनिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष