डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार जना कर्मचारीलाई हटाउने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले डिभी र पिआर लिएर विदेशमा बसिरहेका चार जना अधिकृतस्तरका कर्मचारीहरुलाई हटाउने तयारी गरेको हो ।

बिज्ञापन

विदेशी मुलुकको आवासीय अनुमति लिएका तीन जना नापी अधिकृत र एकजना तथ्याङ्क अधिकृतहरुलाई हटाउने तयारी गरेको हो । मन्त्रालयका अनुसार,वैदेशिक अध्ययनका लागि विभिन्न मुलुकमा पुगेका ती अधिकृतहरुले उतैको पिआर लिएको पाइएसँगै उनीहरुलाई हटाउने तयारी चलेको हो ।

बिज्ञापन

यसरी पिआर तथा टिआर लिनेहरुमा नापी अधिकृतहरू निमिषा वाग्ले, आभाष जोशी र रमेशकुमार पोखरेल रहेका छन् । त्यस्तै तथ्याङ्क अधिकृत सुरेन्द्रप्रसाद पाण्डेयले पनि अस्थायी आवासीय अनुमति लिएको फेला परेको छ। उनी सरकारसँग सम्पर्कविहीन अवस्थामा छन्।


निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनि व्यवस्था छ। स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले उनीहरुलाई स्पष्टीकरणको सोध्न लागिएको हो। मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (२) को खण्ड (ग) बमोजिमको कसुर गरेको देखिएकोले सोही कसुरमा ऐनको दफा ४९ को खण्ड (ख) को देहाय (२) बमोजिम सजाय गर्नु नपर्ने उचित आधार र कारण केही भए निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) बमोजिम १५ दिनभित्र सफाइ पेश गर्नुहुन सूचना जारी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष