नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

असार महिना लागेपछि मात्र १ सय ३५ जना कर्मचारीले राजीनामा दिएका छन् । यसरी राजीनामा दिनेमा खरिदार,सुब्बा,अधिकृत,उपसचिवदेखि सहससचिव तहसम्मका कर्मचारीहरु रहेका छन् ।
नयाँ सरकार बने यताको अवधिमा ६ सहसचिव र १७ जना उपसचिवले राजीनामा दिएको राष्ट्रिय किताबखानाले जनाएको छ । किताबखानाको रेकर्डका अनुसार असार लागेपछिका १४ कार्यदिनमा १३५ जनाले राजीनामा दिएका हुन् । असार १ गते २ जना, २ गते ५ जना, ३ गते १० जना, ४ गते १२ जना, ५ गते १२ जना, ८ गते ११ जना, ९ गते ६ जना, १० गते २ जना र ११ गते ११ जनाले राजीनामा दिएको किताबखानाको रेकर्डमा देखिन्छ ।

बिज्ञापन

यसरी राजीनामा दिनेमा सहसचिव तहका ६ कर्मचारी हुन । नयाँ सरकार बनेसँगै अप्रत्यासित रुपमा कर्मचारीहरुले राजीनामा दिएको किताबखानाका अधिकारीहरु बताउँछन् । यसरी राजीनामा दिनेमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बालमुकुन्द श्रेष्ठलाई मन्त्रालयको योजना महाशाखा प्रमुखबाट सरुवा गरेर मेलम्ची पुर्‍याइएको थियो । अनधिकृत भुक्तानीका दबाब थेग्न नसकेपछि उनले राजीनामा दिएका हुन् । यस्तै राजीनामा दिनेमा सहसचिव उज्वल प्रजापति पनि छन् । इञ्जिनियरिङ सेवाअन्तर्गतका उनी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख थिए । श्रेष्ठ जस्तै वरिष्ठ सहसचिव उनले जेठमा राजीनामा बुझाएका हुन् । मन्त्रालयले केयुकेएलका प्रमुख कार्यकारी अधिकृत अशोक पौडेललाई जबरजस्ती राजीनामा दिन लगाइएको छ ।

बिज्ञापन

यस्तै यही अवधिमा वन मन्त्रालयमा कार्यरत सहसचिव राजु सापकोटा र वन विभागका उपमहानिर्देशक उद्धव घिमिरेले समेत राजीनामा दिएका छन् । उता पूर्वाधार मन्त्रालय मातहतकै सहसचिव प्रभात झाले राजीनामा दिएका छन् । उनले आगामी १३ असारदेखि लागू हुने गरि राजीनामा दिएका हुन । पूर्वाधार विकास मन्त्रालयका अनुसार,प्राविधिक सहसचिव प्रभातकुमार झा अझैं १५ वर्ष जागिर बाँकी छदै पेन्सन पकाएर राजीनामा दिएर हिँडेका छन्। १५ वर्ष जागिर अवधि बाँकी छदै इन्जिनियरिङ समूहका सहसचिव झाले राजीनामा दिएका हुन्। २०६३ सालमा सरकारी जागिरमा प्रवेश गरेका झा २० वर्ष पुगेलगत्तै राजीनामा दिएका पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

यस्तै,शिक्षा मन्त्रालयका दर्जनौ उपसचिवहरुको सामुहिक राजीनामा दिने खबर बाहिरिएको छ भने नयाँ सरकर बने यतामा उपसचिवहरू भोजबहादुर एडी, श्रीधर पन्थी, शोभाकर पाण्डे, मेघनाथ सापकोटा, लालप्रसाद शर्मा भुसाल, शोभाकर न्यौपाने, सुमा श्रेष्ठ र कृष्ण बेन्जुले राजीनामा दिएकामध्ये अधिकांशको राजीनामा स्वीकृत भइसकेको छ । यस्तै शाखा अधिकृत विणा श्रेष्ठ, शाखा अधिकृत शेखरनिधि पौडेल, शाखा अधिकृत दिलसेर राई, शाखा अधिकृत मार्किस दोरंगाले पनि राजीनामा दिएका छन्। यस अघि नै स्थानीय तहमा खटाइएसँगै शाखा अधिकृतद्धय गणेश घिमिरे, हरि पौडेललगायतले राजीनामा दिएका थिए । यसअघि सुगमबाट दुर्गममा सरुवा हुँदा निजामती कर्मचारीका ट्रेड युनियन लगाएर सरुवा बदर गराउने वा काज मिलाएर काठमाडौँ लगायतका सुगममा बस्ने प्रबन्ध कर्मचारीहरूले मिलाउँथे । अहिले सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीका ट्रेड युनियन पनि खारेज गरेको छ । सो सँगै कर्मचारीहरु राजीनामा दिएर हिँड्न लागेका हुन् । नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ जना कर्मचारीको राजीनामा स्वीकृत भएको किताबखानाको रेकर्डमा देखिन्छ ।

बिज्ञापन

किताबखानाका अधिकारीहरूका अनुसार यसअघि राजीनामा दिनेभन्दा अनिवार्य अवकाशमा जानेको सङ्ख्या २ दशमलव ६ प्रतिशतले बढी हुने गरेकोमा अहिले १ दशमलव ३ प्रतिशतमा झरेको छ । नयाँ सरकारले ल्याउने भनिएको निजामती कर्मचारीसम्बन्धी विधेयकमा राखिएका प्रावधानमा चित्त नबुझाएर राजीनामा दिनेहरूको सङ्ख्या बढेको हुन सक्ने जानकार बताउँछन् । निजामती सेवा ऐनको मस्यौदामा पेन्सन सेवावधि ३० वर्षमा सीमित गर्न प्रस्ताव गरिएकाले पेन्सन सेवामा कटौती आउन नदिन लामो समय काम गरेका कर्मचारीले धमाधम राजीनामा दिएको कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

ओभरटाइमको नाममा आयल निगममा मासिक ५० लाख स्वाहा !

श्रीमती हत्या प्रकरणमा नयाँ मोड : लेखा अधिकृतसहित चारजना अब थुनामै

बिशेष