३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा नाकाबाट अवैध रूपमा भित्र्याइएका रु ३ करोड ५१ लाख ७६ हजार ४२० बराबरका विभिन्न सामग्री नियन्त्रणमा परेका छन्। राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त सक्रियताबाट उक्त परिमाणको सामान बरामद गरिएको हो।

बिज्ञापन

रसुवा भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह्रेका अनुसार समीक्षा अवधिमा भन्सार कार्यालयले १५, जिल्ला प्रहरीले १९ तथा सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले २३ वटा छुट्टाछुट्टै कारबाही सञ्चालन गरेका थिए। ती कारबाहीका क्रममा विभिन्न स्थानबाट अवैध रूपमा ल्याइएका सामग्री नियन्त्रणमा लिइएको हो।

बिज्ञापन

बरामद भएका सामग्रीमध्ये अधिकांश खाद्य उपभोग्य वस्तु रहेका छन्। विभिन्न ब्रान्डका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, कफी, तयारी पोसाक, रोल कपडा, बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोटलगायतका सामग्री बरामद भएको भन्सार कार्यालयले जनाएको छ। कुल बरामद सामग्रीमध्ये करिब ८० प्रतिशतभन्दा बढी खाद्यजन्य वस्तु रहेको कार्यालयको तथ्यांक छ।

भन्सार कार्यालयका अनुसार सुरक्षाकर्मीले प्रारम्भिक रूपमा बजार मूल्यका आधारमा सामानको मूल्यांकन गर्ने भए पनि अन्तिम मूल्य निर्धारण भने खाद्य गुण नियन्त्रणसम्बन्धी परीक्षण, अन्तर्राष्ट्रिय बजार मूल्य तथा मूल्य निर्धारण समितिको निर्णयपछि गरिन्छ। बिक्रीयोग्य सामग्री लिलाम गरिने र उपभोगका लागि अयोग्य ठहरिएका वस्तु सम्बन्धित निकायको रोहवरमा नष्ट गर्ने व्यवस्था रहेको सूचना अधिकारी गैह्रेले बताए।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख अशोक थापाले गस्ती, सवारीसाधन जाँच तथा विशेष सूचनाका आधारमा अवैध रूपमा ओसारपसार गरिएका सामान नियन्त्रणमा लिएर तत्काल भन्सार कार्यालयलाई बुझाउने कार्यलाई निरन्तरता दिइएको बताए। राजस्व चुहावट रोक्न सुरक्षा निकायबीचको समन्वयलाई अझ प्रभावकारी बनाइएको उनको भनाइ छ।

यस अवधिमा एम्बुलेन्सको दुरुपयोग गरेर चिनियाँ चुरोट तस्करी गरिएको एउटा घटना पनि सार्वजनिक भएको थियो। आमाछोदिङ्मो गाउँपालिकाको एम्बुलेन्समा बिरामी ओसार्ने बहानामा चुरोट लुकाएर ल्याइएको पुष्टि भएपछि चालकलाई गत चैत ६ गते बेत्रावतीबाट पक्राउ गरिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि चालक धरौटीमा रिहा भएका छन् भने एम्बुलेन्स सम्बन्धित गाउँपालिकालाई फिर्ता गरिएको भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका अधिकारीहरूले राजस्व चुहावट नियन्त्रण, अवैध आयात रोकथाम तथा सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको संयुक्त अनुगमन तथा निगरानीलाई आगामी दिनमा थप सुदृढ बनाइने बताएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष