दुई कर्मचारी सरकारी सेवाबाटै बर्खास्त

नेपाल कृषि अनुसन्धान परिषद्ले दुई जना कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको छ । परिषद् अन्तरगतका कार्यालयहरुमा कार्यरत प्राविधिक अधिकृत र वैज्ञानिक झण्डै तीन बर्षदेखि अनुपस्थित रहेको र पटक पटक स्पष्टीकरण,उनीहरुको घर ठेगनामा पत्राचार गर्दा समेत कार्यालयको सम्पर्कमा नआएका कारण उनीहरुलाई सेवाबाट हटाइएको परिषद्ले जनाएको छ ।

बिज्ञापन

परिषद्को बैठकले कर्मचारी संकेत नम्बर १३४६ रहेको प्राविधिक अधिकृत पार्वती जोशी र कर्मचारी संकेत नम्बर १५२९ रहेको वैज्ञानिक एस नमिता भट्टराईलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहरिने गरी सेवाबाट हटाएको हो ।
सूचनामा भनिएको छ,परिषद्को कर्मचारी प्रशाशन विनियमावली, २०८२ को विनियम ९५ (१) (छ) को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने ? भनि उनीहरुको घर ठेगानामा पत्राचार र सँगै राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दा समेत उपस्थित नभएको पाइएका कारण परिषद् कार्यकारी समितिका निर्णयानुसार सोही विनियमावलीको विनियम ९५ (१) (छ) को कसुरमा अनुपस्थित मिति देखि नै लागू हुने गरि भविष्यमा परिषद्‌का सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको सूचना प्रकाशित गरिएको हो । सोमा चित्त नबुझे सोही विनियमावलीको, विनियम १०० (१) बमोजिम गर्न सूचनामा भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष