निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

संघीय निजामती सेवा ऐनको प्रस्तावित व्यवस्थाका कारण कर्मचारी प्रशासनभित्र गम्भीर अन्योल र असन्तुष्टि पैदा भएको छ । विशेषगरी चर्चामा रहेको ३० वर्ष सेवा अवधि पूरा गरेका तथा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने र ३० वर्षभन्दा बढी सेवाअवधिको पेन्सन सुविधालाई सीमित गर्न सकिने चर्चापछि कर्मचारीमा राजीनामा दिएर बाहिरने लहर चलेको छ । राष्ट्रिय निजामती किताबखानाका अनुसार,यो महिना लागेपछि मात्र खरिदार,सुब्बा,अधिकृतदेखि सहसचिव तहका गरी ७१ जना कर्मचारीले राजीनामा दिएका छन् ।
किताबखानाका अनुसार,असार १ गते २, २ गते ५, ३ गते १०, ४ गते १२, ५ गते १२ जना कर्मचारीहरुले राजीनामा दिएका छन् । ६ र ७ गते सार्वजनिक बिदा भएका कारण राजीनामा दिने कर्मचारीहरु भएनन् । ८ गते ११ जना, ९ गते ६ जना, १० गते २ जना र ११ गते ११ जनाले राजीनामा दिएको किताबखानाले जनाएको छ । यो हिसाबले असार १ गतदेखि ११ गतेसम्ममा ७१ जना कर्मचारीले राजीनामा ठोकेका हुन ।
नयाँ सरकारले ल्याउन लागेको संघीय निजामती सेवा विद्येयकमा राख्न लागिएको केही प्रावधानका कारण निजामती सेवामा राजीनामाको लहरै चलेको सरकारी कर्मचारीहरु बताउँछन् । यसरी राजीनामा दिनेमा सहसचिव तहका ६ कर्मचारी रहेका छन् । जसमध्ये एक जनाको राजीनामा भने स्वीकृत हुन बाँकी रहेको जनाइएको छ । नयाँ सरकार आएसँगै कर्मचारीहरुले धमाधम राजीनामा दिन थालेका छन् । यसरी राजीनामा दिनेमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बालमुकुन्द श्रेष्ठलाई मन्त्रालयको योजना महाशाखा प्रमुखबाट सरुवा गरेर मेलम्ची पुर्‍याइएको थियो । अनधिकृत भुक्तानीका दबाब थेग्न नसकेपछि उनले राजीनामा दिएका हुन् । यस्तै राजीनामा दिनेमा सहसचिव उज्वल प्रजापति पनि छन् । इञ्जिनियरिङ सेवाअन्तर्गतका उनी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख थिए । श्रेष्ठजस्तै वरिष्ठ सहसचिव उनले जेठमा राजीनामा बुझाएका हुन् । मन्त्रालयले केयुकेएलका प्रमुख कार्यकारी अधिकृत अशोक पौडेललाई जबरजस्ती राजीनामा दिन लगाइएको छ ।

बिज्ञापन

यस्तै यही अवधिमा वन मन्त्रालयमा कार्यरत सहसचिव राजु सापकोटा र वन विभागका उपमहानिर्देशक उद्धव घिमिरेले समेत राजीनामा दिएका छन् । उता पूर्वाधार मन्त्रालय मातहतकै सहसचिव प्रभात झाले राजीनामा दिएका छन् । उनले आगामी १३ असारदेखि लागू हुने गरि राजीनामा दिएको भए पनि स्वीकृत हुन बाँकी छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार,प्राविधिक सहसचिव प्रभातकुमार झा अझैं १५ वर्ष जागिर बाँकी छदै पेन्सन पकाएर राजीनामा दिएर हिँडेका छन्। १५ वर्ष जागिर अवधि बाँकी छदै इन्जिनियरिङ समूहका सहसचिव झाले राजीनामा दिएका हुन्। २०६३ सालमा सरकारी जागिरमा प्रवेश गरेका झा २० वर्ष पुगेलगत्तै राजीनामा दिएका पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

यस्तै,शिक्षा मन्त्रालयका दर्जनौ उपसचिवहरुको सामुहिक राजीनामाको तयारीमा रहेको खबर बाहिरिएको छ । यता नयाँ सरकर बने यतामा उपसचिवहरू भोजबहादुर एडी, श्रीधर पन्थी, शोभाकर पाण्डे, मेघनाथ सापकोटा, लालप्रसाद शर्मा भुसाल, शोभाकर न्यौपाने, सुमा श्रेष्ठ र कृष्ण बेन्जुले राजीनामा दिएकामध्ये अधिकांशको राजीनामा स्वीकृत भइसकेको छ । यस्तै शाखा अधिकृत विणा श्रेष्ठ, शाखा अधिकृत शेखरनिधि पौडेल, शाखा अधिकृत दिलसेर राई, शाखा अधिकृत मार्किस दोरंगाले पनि राजीनामा दिएका छन्। यस अघि नै स्थानीय तहमा खटाइएसँगै शाखा अधिकृतद्धय गणेश घिमिरे, हरि पौडेललगायतले राजीनामा दिएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष