गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

गृह मन्त्रालयले गरेको तेस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ जिल्ला अब्बल दह्रिएको छ । मन्त्रालयले तयार पारेको तेस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा १८ दशमलव २५ पूर्णांकमा १८ अंकसहित सर्वाेत्कृष्ट ठहरिएको छ।

बिज्ञापन

मन्त्रालयले सार्वजनिक गरेको मूल्यांकन नतिजाअनुसार टप टेनभित्र पर्न सफल जिल्ला प्रशासन कार्यालयहरुमा म्याग्दी,भक्तपुर,रसुवा,मकवानपुर,स्याङ्जा,नुवाकोट,पूर्वी रुकुम,रुपन्देही,कास्की,झापा,डोटी लगायतका जिल्ला प्रशासन कार्यालयहरु रहेका छन् । यस्तै कार्यसम्पादनमा सबैभन्दा कमजोर जिल्लामा धनुषा सबैभन्दा पुच्छरमा अर्थात ७७ औंमा रहेको छ भने ७६ औं नम्बरमा परेको छ,काठमाडौं जिल्ला प्रशासन कार्यालय यस्तै,इलाम,पर्सा,धादिङ,भोजुर,बझाङ,डोल्पा,कपिलवस्तु,सिन्धुली,सल्यान समेत कासमूमा कमजोर दह्रिएका छन् ।
गृहको रिर्पोट कार्ड अनुसार १७ दशमलव ८७५ अंकसहित म्याग्दी दोस्रो स्थानमा रहेको छ भने रसुवा र भक्तपुरले समान १७ दशमलव ६२५ अंक प्राप्त गरेका छन् । यस्तै मकवानपुर र स्याङ्जाले समान १७ दशमलव ५ अंक प्राप्त गर्दा मूल्यांकनमा नुवाकोट र पूर्वी रुकुमले समान अंक १७ दशमलव ३७ र कास्की,झापा,डोटीले १७ दशमलव १५ अंक प्राप्त गरेका छन्े । मूल्यांकनमा कमजोर रहेका जिल्ला प्रशासन कार्यालय धनुषा १ ले ६८७५ अंकसहित अन्तिम अर्थात् ७७औँ स्थानमा परेको छ। यस्तै काठमाडौं जिल्ला प्रशासन कार्यालयले २ दशमलव ५,इलामले ८ दशमलव ३७,पर्सा जिल्ला प्रशासनले ११ दशमलव १८,धादिङ ११ दशमलव ६२ अंकसहित बरियताको ७३ औं नम्बरमा परेको छ ।

बिज्ञापन

मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्रैमासिक रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्छ । मन्त्रालयले कार्यसम्पादन मूल्याङ्कनका लागि विभिन्न ‘इन्डिकेटर’हरू बनाएको र त्यसैका आधारमा जिल्ला प्रशासन कार्यालयले गर्ने कामहरूको नम्बर दिएर अङ्क प्रदान गर्दै आएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

बिशेष