३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

असार १० गते भित्र स्थानीय तहहरूले नगरसभा गरिसक्नु पर्ने कानुनी व्यवस्था छ। तर देशभरका १४ नगरपालिकाले समयमा बजेट ल्द्ययाउन सकेनन् । मुलुकभर ७५३ स्थानीय तहमध्ये ३१८ स्थानीय तहले समयमा बजेट पेश गर्न नसकेका हुन । ५८ प्रतिशत स्थानीय तहले समयमा बजेट पेश गर्दा अझैं ४२ प्रतिशत स्थानीय तहले समयमा बजेट पेश गर्न असफल रहेका हुन ।
भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, जसमध्ये २९३ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूमध्ये १४ वटा स्थानीय तह आगामी आर्थिक वर्षको बजेट तोकिएको समय सीमाभित्र नगर सभामा पेस गर्न असफल रहे ।  यसरी समयमा बजेट पेश गर्न असफल नगरपालिकाहरुमा कोशी प्रदेशको धरान उपमहानगरपालिका, बागमतीको मेलम्ची नगरपालिकाले समयमा बजेट ल्याउन असफल भएको छ । यस्तै बागलुङ जिल्लाको बागलुङ नगरपालिकाले समय बजेट पेश गर्न असफल रह्यो । मधेश प्रदेशका धनुषाका जनकपुरधाम उपमहानगरपालिकासहित ३ स्थानीय तहले निर्धारित समयावधिभित्र नगरसभा गरेनन्। मधेस प्रदेशको राजधानी समेत पर्ने जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिकाले निर्धारित समयमा नगरसभा गरेनन्।

बिज्ञापन

उता, रौतहट जिल्लाका चार वटा नगरपालिकाहरू गरुडा, गढीमाई, कटहरिया र फतुवा विजयपुर, धनुषा जिल्लाको प्रादेशिक केन्द्र जनकपुरधाम उपमहानगरपालिका सहित कमला र विदेह नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका, सिराहाको सुखीपुर नगरपालिका र महोत्तरीको जलेश्वर नगरपालिकाले पनि तोकिएको समय सीमाभित्र बजेट पेस गर्न असफल रह्यो ।

बिज्ञापन


प्रदेशगत रुपमा हेर्ने हो भने कोशी प्रदेशका १०३,मधेश प्रदेशका १५ ,बागमती प्रदेशका ७८ स्थानीय तहले बजेट पेश गर्न बाँकी छ। यस्तै गण्डकी प्रदेशका ४४ स्थानीय तह,लुम्बिनी प्रदेशका ७० स्थानीय तहले समयसीमा नाघिसक्दा पनि बजेट पेश गरेका छैनन्। यस्तै कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये २७ स्थानीय तहले बजेट पेश गरेका छन् भने ५२ स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन्। उता सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ३७ स्थानीय तहले बजेट पेश गरेका छन् भने ५१ स्थानीय तहमा बजेट अझै पेश हुन बाँकी रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

बिशेष