जेलबाट भागेका ६०३ विदेशी कैदी अझैं फरार,धेरै भारतीय

जेन–जी आन्दोलनका क्रममा २४ भदौमा भएको विध्वंस र आगजनीपछिको नख्खु कारागारबाट रास्वपाका सभापति रवि लामिछाने जेल तोडेर निस्किए । रवि लामिछानेले जेल ब्रेक गरेकै कारण सुनसरीको झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, काठमाडौँका नक्खु, डिल्लीबजार, जगन्नाथदेवल, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, दाङ तुलसीपुर, नौवस्ता बाँके, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर लगायतका २८ वटा कारागारबाट १३ हजार ५८५ कैदीबन्दी भागेका थिए । यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधारगृहबाट ९६४ बालबन्दी गरी जम्मा १४ हजार ५५६ जना कैदीबन्दी भागेका थिए ।

बिज्ञापन

तीमध्ये आत्मसमर्पण गरेका र प्रहरीले पक्राउ गरेकासमेत गरी हालसम्म १० हजारभन्दा बढी कैदीबन्दीलाई जेल फर्काइएको भए पनि चार हजार ५०५ कैदीबन्दी अझै सम्पर्कमा नआएको विभागले जनाएको छ । जसमा तीन हजार ९ सय २ नेपाली छन् भने ६०३ जना विदेशी छन । जसमध्ये भगौडा कैदीका रुपमा ५ सय १२ भारतीय रहेका छन् । यही कारण पनि भारतीय मिडियामा सो बिषयलाई जोडतोडले उछालेको हुनसक्छ । प्राप्त विवरण अनुसार,केन्द्रीय कारागारबाट २०५, नौबस्ता बाँकेबाट १८, रौतहटबाट १२, सिन्धुलीबाट पाँच, चितवनबाट १२, मकवानपुरबाट २७, म्याग्दीबाट एक, कपिलवस्तुबाट १३, कास्कीबाट ११, तनहुँबाट चार, कैलालीबाट १९, नक्खुबाट ५९, कञ्चनपुरबाट १७, नवलपरासीबाट ३९, पस्तरीबाट ६, झुम्काबाट ४७, तुलसीपुरबाट आठ र महोत्तरीबाट ३२ भारतीय कैदीबन्दी फरार छन् । यस्का अलवा बाँकी चीन, भुटान,कंगो,थाइल्याण्ड,म्यानमार,सुडान,मलेसिया,केन्या लगायतका ३५ वटा मुलुकका छन् । जसमा सबैभन्दा धेरै विदेशी कैदीबन्दीहरु लागुऔषध मुद्धामा कैद सजाय भुक्तान गरिरहेका २५७ जना फरार छन् । यस्तै, करणी मुद्धाका ८४,हातहतियार खरखजना मुद्धाका ८,बन्यजन्तु तीन,ज्यानमार्ने उद्योगका ५,चोरी मुद्धाका २७,कर्तव्य चोरी मुद्धाका ३०,सवारी अङ्गभङ्ग मुद्धामा दोषी ठहर भएका ३०,सुन चोरी पैठारी १०,राजश्व सम्बन्धी अपराधमा ३३,डाँका २९,मानव बेचबिखन मुद्धामा १६ जना कैदी दोषी ठहर भइसकेकाहरू रहेका हुन् ।

बिज्ञापन

प्राप्त विवरण अनुसार,सवारी ज्यान मुद्धाका १३,,मुद्रासम्बन्धी मुद्धाका ९,नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तरगतको कसुरमा १ कैदी दोषी ठहर भएर कैद भुक्तान गरिरहेका थिए । यस्का अलवा अध्यागमनसँग सम्बन्धित कसुरमा ९,ज्यान सम्बन्धि कसुरका कैदी ९,अपहरण तथा शरीर बन्धक मुद्धामा दोषी ठहर भएका २४,ठगीमा ९, भन्सार मुद्धामा कैद सजाय काटिरहेका ६,जर्वजस्ती करण उद्योग,विद्युतीय ऐन,खोटा चलान,नागरिकतासम्बन्धि कसुर,अप्राकृतिक मैथुन लगायत आपराधिक गतिविधिमा संलग्नहरू फरारको सूचीमा छन् । यसरी भागेका कैदीहरुलाई खोजी गरेर पक्राउ गर्ने अभियान थालिएको कारागार विभागले जनाएको छ । हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार कैदीबन्दी खोजी तथा पक्राउ कार्यदल’ बनाइएको भए पनि विदेशी कैदीबन्दी कारागार फर्कने सम्भावना न्यून रहेको कारागार व्यवस्थापन विभागकै अधिकारीहरू बताउँछन्। फरार कैदीहरुको भिसा रद्द गरिएको छ । गृह मन्त्रालयमार्फत सम्बन्धित दूतावासमा सूचीसहित पक्राउका लागि अनुरोध गरिएको,भागेका विदेशी कैदीबन्दीको नामावली परराष्ट्र मन्त्रालयमार्फत पनि पठाइएको भए पनि यसरी फरार भएका विदेशी कैदीबन्दीहरुलाई पक्राउ गरेर ल्याउन सक्ने सम्भवना अत्यन्त न्यून रहेको अधिकारीहरु बताउँछन् ।

कारागार व्यवस्थापन ऐन, २०७९ अनुसार कुनै पनि कैदीबन्दी कारागारबाट भागे वा भाग्ने उद्योग गरेमा पाँच वर्ष कैद वा ५० हजार रुपैयाँसम्मको जरिवाना र दुवै सजाय हुन सक्नेछ । त्यस्तै, कुनै बन्दीलाई भगाएमा वा त्यस्तो उद्योगमा संलग्न भएमा पनि घटनामा संलग्न व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्मका जरिवाना हुन सक्ने प्रावधान रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियनमाथि कडाइ गर्ने रास्वपाकै कर्मचारी अधिवेशनमा

जेलबाट भागेका ६०३ विदेशी कैदी अझैं फरार,धेरै भारतीय

कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सिचाँईको नक्कली सरकारी कार्यालय खोलेर दम्पत्तिको ठगी धन्दा

निजामती प्रशासनको ढाड भाँच्ने तयारी: २०४९ को इतिहास दोहोरिने संकेत

करका दर हेरफेर : मन्त्रीले लगाए कर्मचारीलाई दोष

‘दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु’

सरकारी गाडी चोरेर लुकाउने चोर फेला

बिशेष