अब तल्ला तहका कर्मचारीले हाकिमलाई कासमू अंक दिन पाउने

अब तल्लो तहका कर्मचारीहरुले समेत हाकिमहरुलाई अंक दिन पाउने भएका छन् । हालसम्म उपल्ला तहका कर्मचारीहरुले मात्र मातहतका तल्ला तहका कर्मचारीहरुलाई कार्यसम्पादनका आधारका अंक दिन पाउने प्रावधान रहेकोमा संघीय निजामती सेवा विद्येयकमा निजामती कर्मचारीहरुले आफूभन्दा माथिल्लो तहका अधिकारी वा सुपरभाइजरलाई पनि अंक दिन पाउने प्रस्ताव गरिएको हो ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासनबाट राय परामर्शका लागि अर्थ हुँदै हाल कानुन मन्त्रालयमा पुगेको सो विद्येयकको मस्यौदामा यस्तो प्रावधान राखिएको हो । अब माथिल्लो जिम्मेवारीमा रहेका कर्मचारी वा हाकिमको व्यवहार र कार्यशैलीका बारेमा मातहतका कर्मचारीहरुले पनि अंक दिन पाउने व्यवस्था थपिएको हो । विद्येयकमा समन्वय, मातहतका कर्मचारीहरुलाई गर्ने व्यवहार, विनम्रता, समाधानमुखी स्वभाव आदि विषयवस्तुलाई मूल्यांकन गरेर तल्लो तहका कर्मचारीहरुले हाकिमको अंक दिन पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

बिज्ञापन

प्रस्तावित व्यवस्था अनुसार, सुपरभाइजरहरुले मातहतका कर्मचारीहरुको कार्यदक्षता, क्षमता र अनुशासन मूल्यांकन गरेर १५ अंक दिन पाउने व्यवस्था छ । तर, मातहतका कर्मचारीहरुले आफ्नो हाकिमको ५ अंक मात्रै मूल्यांकन गर्न पाउने भएका छन् । मातहतका कर्मचारीहरुले दिएको अंकको औसत निकालेर ५ अंकभारमा प्राप्तांक निकालिन्छ र कार्यसम्पादन मूल्यांकनमा जोडिन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष