पच्चीस करोडको हिसाब निकाल्न पसिना पसिना

मतपत्रसहितका निर्वाचन सामग्री छाप्न भनी ०७४ को निर्वाचनको अन्तिम घडीमा किनिएका तीनवटा मेसिन बेवारिस छन् । हाल आयोगमा अत्याधुनिक ती मेशिन चलाउने जनशक्तिसमेत नभएको बताइन्छ ।

बिज्ञापन

आयोगले मंसिरमा हुने चुनावका लागि दुई महिनाअघि असोजमा मात्र मेशिन खरिद गरेको थियो । छोटो समयका लागि किन खरिद गरियो भन्ने विषयले सन्देह उत्पन्न भएको छ ।

बिज्ञापन

आयोगसँग १३ प्रिन्टिङ मेशिन मौजुदा रहेकै अवस्थामा २५ करोड मूल्यका तीनवटा मेशिन थपिएको थियो । १९ असोज ०७४ मा प्रिन्टर खरिदको निर्णय गर्दा स्थानीय निर्वाचन सकिएर प्रतिनिधिसभा र प्रदेशसभाको मात्र बाँकी थियो । जसले गर्दा मतदाता नामावलीसमेत प्रिन्ट हुन सकेन भने त्यसो गर्नलाई समय पनि बाँकी थिएन ।

यसो गर्दा सार्वजनिक खरिद नियमावलीसमेत मिचिएको छ । नियमावलीमा २० लाख रूपैयाँभन्दा बढी लागत अनुमान भएको मालसामान खरिद गर्दा बोलपत्र गर्नुपर्ने व्यवस्था छ । आयोगले ऐनको हवाला दिएर ‘आपत्कालीन परिस्थिति’ भन्दै आए पनि कुनै तथ्य–तथ्यांकले यसलाई पुष्ट्याइँ गर्दैन ।

बिज्ञापन

तीनवटा मेशिन किन्नुअघि दुई करोड १५ लाख रूपैयाँ खर्चेर आयोगले १३ थान प्रिन्टर मर्मत गरेको तथ्यसमेत बाहिरिएको छ । मेशिन आउन विलम्व भएपछि प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनतर्फको मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट गरिएको थियो ।जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष