सम्पत्ति छानबिनको चाप बढेपछि किताबखाना डिजिटल मोडमा, अब तलबी विवरण घरबाटै प्राप्त हुने

बहालवाला तथा अवकाशप्राप्त उपसचिव वा सोभन्दा माथिल्लो तहका कर्मचारीहरूको सम्पत्ति छानबिन प्रक्रिया तीव्र बनेसँगै राष्ट्रिय किताबखाना (निजामती) ले सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गरेको छ।

बिज्ञापन

सम्पत्ति विवरण तथा तलबी अभिलेख लिन सेवाग्राहीहरूको चाप बढेपछि किताबखानाले कार्यालयमै पुगेर कागजात लिनुपर्ने परम्परागत व्यवस्था हटाउँदै ‘फेसलेस सेवा’ प्रणाली लागू गरेको जनाएको छ।

बिज्ञापन

किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार अब कर्मचारीहरूले आफ्नो तलबी विवरण तथा सेवा अभिलेख अनलाइन माध्यमबाटै प्राप्त गर्न सक्नेछन्। यसका लागि ‘डिजिटल डकुमेन्ट एक्सेस सर्भिस’ सञ्चालनमा ल्याइएको छ।

नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले ह्वाट्सएप वा इमेलमार्फत आफ्नो नाम, पद तथा संकेत नम्बर पठाएर आवश्यक विवरण प्राप्त गर्न सक्नेछन्। ह्वाट्सएपबाट प्राप्त विवरण २४ घण्टापछि स्वतः मेटिने व्यवस्था गरिएको छ भने इमेल माध्यमलाई सुरक्षित र दीर्घकालीन विकल्पका रूपमा प्राथमिकता दिइएको छ।

बिज्ञापन

किताबखानाले आफ्नो वेबसाइटमा २०१७ सालदेखि हालसम्मका पद, तलबमान र ग्रेडसम्बन्धी अभिलेख ‘तलब र ग्रेड सिट’ शीर्षकमा सार्वजनिक गरेको छ। यसका साथै आवश्यक गणना गर्न अनलाइन क्याल्कुलेटरको सुविधा पनि उपलब्ध गराइएको छ।

प्राविधिक त्रुटिका कारण कुनै विवरणमा फरक पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कर्मचारीहरूले वेबसाइटमा रहेको तलब तथा ग्रेड सिटको आधारमा आफैँ पनि गणना गर्न सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

किताबखानाले डिजिटल सेवा विस्तारसँगै कार्यालयमा अनावश्यक भीड नगर्न र अनलाइन प्रणालीको उपयोग गर्न सेवाग्राहीलाई आग्रह गरेको छ। सम्पत्ति छानबिन प्रक्रिया तीव्र बन्दै जाँदा अभिलेख व्यवस्थापन र सेवा प्रवाहलाई थप पारदर्शी तथा सहज बनाउन यो प्रणाली प्रभावकारी हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियन खारेजीविरुद्धको रिटमा बहस अधुरो, संवैधानिक इजलासले ‘हेर्दाहेर्दै’मा राख्यो

सम्पत्ति छानबिनको चाप बढेपछि किताबखाना डिजिटल मोडमा, अब तलबी विवरण घरबाटै प्राप्त हुने

आर्थिक विद्येयकमा अर्थमन्त्रीको गम्भीर छेडखानी : चार पटक संशोधन,११ पेजै गायब

१७ सालदेखिको तलबी विवरण अनलाइनमै,किताबखाना धाउनुनपर्ने

चयनमुखी ‘सुशासन’: इन्जिनियरलाई स्पष्टीकरण,सहसचिवलाई संरक्षण

कस्ले चुहायो विद्युतीय गाडीमा करको दर हेरफेरको सूचना ?

ट्रेड युनियन खारेजीविरुद्धको मुद्दा संवैधानिक इजलासमा, सुनुवाइको मिति तय

बीवाईडी कर प्रकरणपछि भन्सारमा ठूलो हेरफेर : रसुवा–तातोपानीका प्रमुखसहित पाँच उपसचिवको सरुवा

बिशेष