भ्रष्टाचारबाट लुकाएको सम्पत्तिमा कारबाही गर्न उजुरीको ओइरो

सार्वजनिक पदाधिकारीहरूको गैरकानुनी सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगमा उजुरीको चाप बढ्न थालेको छ । उजुरी आह्वान गरेको दुई साताभित्रै आयोगमा २५० भन्दा बढी उजुरी दर्ता भएका छन् ।

बिज्ञापन

गत वैशाख ३१ गते आयोगले भ्रष्टाचार वा अन्य अवैध माध्यमबाट आर्जित सम्पत्तिबारे सूचना दिन सार्वजनिक आह्वान गरेको थियो । त्यसयता पूर्वमन्त्रीदेखि कर्मचारी, सुरक्षा निकायका अधिकारी तथा विभिन्न सार्वजनिक पदमा बसेका व्यक्तिविरुद्ध उजुरीहरू पर्न थालेका हुन् ।

बिज्ञापन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्ले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा आयोग गठन गरेको हो । आयोगका सदस्य तथा प्रवक्ता गणेश केसीका अनुसार उजुरीसँगै सम्पत्ति विवरण बुझाउने क्रम पनि तीव्र बनेको छ ।

“हालसम्म झण्डै ढाई सयभन्दा बढी उजुरी दर्ता भएका छन् । त्यति नै संख्यामा सम्पत्ति विवरणका फाराम पनि प्राप्त भइसकेका छन्,” उनले बताएका छन् । आयोग अहिले उजुरी र विवरण संकलनमै केन्द्रित रहेकाले कसका विरुद्ध कति उजुरी परे भन्ने विवरण सार्वजनिक गरिएको छैन ।

बिज्ञापन

आयोगले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले अस्वाभाविक रूपमा आर्जन गरेको सम्पत्ति आफ्नै वा परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा लुकाएको हुन सक्ने आधारमा सूचना मागेको हो । नेपालभित्र वा विदेशमा लुकाइएका सम्पत्तिबारे समेत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।

उजुरी प्रत्यक्ष उपस्थित भएर वा इमेलमार्फत दिन सकिने आयोगले जनाएको छ । साथै, विभिन्न पूर्वपदाधिकारी र उच्च तहका कर्मचारीहरूले पनि सम्पत्ति विवरण बुझाउन थालेका छन् । अनलाइन प्रणालीमार्फत समेत विवरण संकलन भइरहेको आयोगको भनाइ छ ।

आयोगलाई आर्थिक वर्ष २०६२/०६३ देखि २०८२/०८३ चैत मसान्तसम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी, कर्मचारी र उनीहरूका परिवारका नाममा रहेका सम्पत्तिको खोजबिन गर्ने जिम्मेवारी दिइएको छ । पूर्वन्यायाधीश र उच्चपदस्थ सैनिक अधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकारसमेत आयोगलाई दिइएको छ ।

सम्पत्ति विवरण बुझाउनुपर्ने व्यक्तिको संख्या २५ हजारभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । आयोगले विवरण बुझाउन एक महिनाको समय तोकेको भए पनि उजुरी दिन भने कुनै समयसीमा नराखिएको जनाएको छ ।

एक वर्षे कार्यकाल पाएको आयोगले गैरकानुनी सम्पत्ति आर्जनका उजुरीको अध्ययन गरी अन्तिम प्रतिवेदन सरकारलाई बुझाउनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष