‘घरबाटै काम, हत्केलामै सेवा’ : राष्ट्रिय किताबखानाको सेवा प्रवाहमा अर्को डिजिटल छलाङ

डिजिटल प्रविधिको प्रयोगमार्फत आफ्नो परम्परागत सेवा प्रवाहलाई रूपान्तरण गर्न सफल निकायको पहिचान बनाएको राष्ट्रिय किताबखानाले ‘घरबाटै काम, हत्केलामै सेवा’ भन्ने सेवा प्रवाह मोडेल सुरु गरेको छ ।

बिज्ञापन

सम्पत्ति छानबिन आयोग–२०८३ को सूचनाअनुसार एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्व भएका उपसचिवस्तर वा सोभन्दा माथिका बहालवाला तथा निवृत्त कर्मचारीलाई लक्षित गर्दै किताबखानाले यो सेवा मोडेल सञ्चालनमा ल्याएको हो ।

बिज्ञापन

आयोगमा सम्पत्ति विवरण बुझाउने समय सीमित रहेको र बीचमा सार्वजनिक बिदासमेत परेकाले देश तथा विदेशमा रहेका लक्षित कर्मचारीले सहज रूपमा सेवा लिन सकून् भन्ने उद्देश्यले यो सेवा प्याकेज सार्वजनिक गरिएको महानिर्देशक श्रवणकुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार यो सुधार प्याकेज सरकारको ‘१०० कार्यसूची’ अन्तर्गत दोस्रो बुँदामा उल्लेख गरिएको ‘सेवा आधारित सुशासन’ को मर्मअनुसार अघि बढाइएको हो ।

बिज्ञापन

‘घरबाटै काम, हत्केलामै सेवा’ मोडेलअन्तर्गत तोकिएका कर्मचारीले बिदाका दिनसमेत घरमै बसेर ल्यापटप र इन्टरनेटमार्फत डिजिटल सेवा व्यवस्थापन गर्नेछन् । यस्तै, सेवाग्राहीले पनि आफ्नै स्मार्ट मोबाइलमार्फत सेवा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रिय किताबखानाले आज २०८३ जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा परेको अवधिमा समेत यो सेवा सञ्चालन गरिएको जनाएको छ ।

घरबाटै इमेल, ह्वाट्सएपलगायत डिजिटल माध्यमको प्रयोग गरी ‘तलबी आम्दानीको निस्सा’ बहालवाला वा निवृत्त कर्मचारीको स्मार्ट मोबाइलमै पुर्‍याउने व्यवस्था गरिएको छ । यस सेवा मोडेलमा पाँच जना कर्मचारी स्वस्फूर्त रूपमा सहभागी भएको विभागले जनाएको छ ।

राष्ट्रिय किताबखानाले यसअघि नै आफ्ना सम्पूर्ण सेवाहरूलाई ‘फेसलेस सेवा प्रणाली’ मा रूपान्तरण गरिसकेको छ । डिजिटल प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रवाहलाई सहज, छरितो र सेवाग्राहीमैत्री बनाउने अभियानलाई विभागले निरन्तरता दिएको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

बिशेष