विपद् प्राधिकरणमा कोइराला, राष्ट्रिय परिचयपत्र विभागमा पौडेल

गृह मन्त्रालयले हालै सरुवा भएर आएका दुई सहसचिवलाई तत्कालै महत्वपूर्ण निकायको नेतृत्व जिम्मेवारी दिएको छ । मन्त्रालयले सहसचिव प्रदीप कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सहसचिव कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकमा पदस्थापन गरेको हो ।

बिज्ञापन

सोमबार मन्त्रिपरिषद्ले २९ जना सहसचिवको व्यापक सरुवा गरेपछि कृषि, वन तथा वातावरण मन्त्रालयमा कार्यरत कोइराला र रक्षा मन्त्रालयमा कार्यरत पौडेल गृह मन्त्रालय तानिएका थिए । गृहमा आएलगत्तै उनीहरूलाई रिक्त अवस्थामा रहेका दुई संवेदनशील निकायको जिम्मेवारी दिइएको हो ।

बिज्ञापन

नयाँ जिम्मेवारीअनुसार कोइरालाले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसम्बन्धी सरकारी संयन्त्रको नेतृत्व सम्हाल्नेछन् । विपद् पूर्वतयारी, उद्धार तथा पुनःस्थापनासँग सम्बन्धित कार्य गर्ने प्राधिकरण लामो समयदेखि नेतृत्वविहीन अवस्थामा थियो ।
यस्तै, पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक बनाइएको छ । राष्ट्रिय परिचयपत्र वितरण, व्यक्तिगत घटना दर्ता तथा डिजिटल अभिलेख व्यवस्थापनको काम हेर्ने विभागमा उनको पदस्थापन गरिएको हो ।

सरकारले पछिल्लो समय प्रशासनिक संरचनामा तीव्र रूपमा नेतृत्व हेरफेर गरिरहेको अवस्थामा गृह मन्त्रालयले पनि सरुवापछि तत्काल जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको देखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष