सिंहदरबारमै सचिव–बिचौलिया भनाभन,विवाद उत्कर्षमा पुगेपछि प्रहरीको फन्दामा परे शाही

‘तेरो अडियो र भिडियो छ’ भन्दै व्यापारीदेखि कर्मचारीसम्म् धम्काउँदै आएका एक विचौलिया सिंहदरबारबाटै पक्राउ परेका छन् । संघीय सरकारअन्तर्गत नवगठित पूर्वाधार विकास मन्त्रालयभित्रै  यसैगरी एक सचिवलाई धम्काउँदा एक विचौलिया प्रहरीको फन्दामा परेका हुन ।

बिज्ञापन

पूर्वाधार मन्त्रालय (खानेपानी मन्त्रालयका सचिव) विश्ववाबु पुडासैनीसँग लफडामा परेपछि विचौलिया उपेन्द्रबहादुर शाही प्रहरीको फन्दामा परेका हुन । प्रहरी स्रोतका अनुसार मन्त्रालयको सचिव कार्यकक्षमै हुलहुज्जत तथा अभद्र व्यवहार भएको घटनामा कालिकोट घर भई हाल भक्तपुरको मध्यपुर थिमिमा बस्दै आएका ३५ वर्षीय उपेन्द्रकुमार शाही पक्राउ परेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

बिज्ञापन

घटना सोमबारको हो ।  मन्त्रालय स्रोतका अनुसार केही कर्मचारीको सरुवा,ठेक्काको भुक्तानी लगायतका बिषयमा उनै शाहीले सचिव विश्ववावु पुडासैनीसँग भनाभन पछि यो बिषय सतहमा आएको हो ।  सचिव पुडासैनी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ र शाहीबीच भनाभन उग्र रुप लिएपछि मन्त्रालयबाटै प्रहरीलाई खबर पुगेको प्रहरीले जनाएको छ ।  त्यसपछि प्रहरी वृत्त सिंहदरबारको टोली मन्त्रालय पुगेर शाहीलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार शाहीले सचिवको कार्यकक्षमा पूर्वअनुमति बिना प्रवेश गरी हुलहुज्जत गरेका थिए। उनलाई बाहिर जान आग्रह गर्दा अश्लील शब्द प्रयोग गर्नुका साथै धाकधम्की दिएको आरोप छ।

बिज्ञापन

काठमाडौं जिल्ला अदालतबाट ‘आपराधिक लाभ लिन नहुने’ कसूरअन्तर्गत पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनासँगै मन्त्रालयभित्र ठेक्का सेटिङ, बिचौलियाको पहुँच र उच्च प्रशासनिक तहसँगको सम्बन्धबारे पुनः प्रश्न उठेको छ। शाही यसअघि पनि विभिन्न विवादमा तानिएका व्यक्ति हुन्। उनी राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चक्रबहादुर बुढाको नाम जोडिएको एक घटनापछि चर्चामा आएका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

सिंहदरबारमै सचिव–बिचौलिया भनाभन,विवाद उत्कर्षमा पुगेपछि प्रहरीको फन्दामा परे शाही

माओवादी सत्ताका प्रिय गिरी वालेन सरकारको रोजाईमा

तीन जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार दायर

सातामा दुई दिन बिदाप्रति रास्वपा सांसदकै असन्तृष्टि,पुर्नविचार गर्न माग

रास्वपाका पाँच र नेकपाका एक सांसदले बुझाएनन् सम्पत्ति विवरण

बिशेष