सातामा दुई दिन बिदाप्रति रास्वपा सांसदकै असन्तृष्टि,पुर्नविचार गर्न माग

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले सरकारलाई आइतबार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न माग गरेका छन् ।
पछिल्लो समय सरकारले शनिवार र आइतबार गरी सातामा दुई दिन बिदा निर्णय गरेको छ । सोही निर्णयका कारण यही जेठ १४ देखि लगातार चार दिन बिदा हुदैछ । पहिले नै नेपालमा सार्वजनिक बिदाको संख्या उच्च थियो। त्यसमा पनि बालेन्द्र शाह नेतृत्वको सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि वर्षमा थप ५२ दिन बिदा बढेको छ। हाल मुलुकमा १४४ दिन सार्वजनिक बिदा हुने भएको छ ।

बिज्ञापन

अब सार्वजनिक बिदा पुनरावलोकन गर्न,े आवश्यकबाहेकका बिदा कटौती गर्न र सेवा प्रवाहलाई केन्द्रमा राखेर नयाँ नीति बनाउनुपर्नेमा रास्वपा सरकारले थप बिदा गरेको प्रति रास्वपाकै सांसदहरुले आलोचना गरेको हुन ।

बिज्ञापन

प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद शिक्षा र स्वास्थ्य क्षेत्रको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कुनैपनि पक्षबाट सही नभएको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन् । सातामा दुई दिन बिदा दिँदा विद्यार्थी बरालिने र पाठ्यक्रम पूरा गर्न समस्या सृजना गरेको छ । उनले शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा यो व्यवस्था तत्काल पुनर्विचार गर्न सरकारको विशेष ध्यानाकर्षण गराए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष