सरकारले कर्मचारी संगठनका नेताहरुलाई गृह मन्त्रालयबाट आफ्नै गृहजिल्लातिर खटाउने गृहकार्य अगाडि बढाएको छ। भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य मन्त्रालयले कार्यालय गत जेठ ८ गते कार्यालय सहयोगीदेखि उपसचिव तहका ७५ जना कर्मचारीको सरुवा गर्दा कर्मचारी नेताहरु सबैलाई गृहमा पठाएको हो । मन्त्रालयले उपसचिव तहका १६,शाखा अधिकृत तहका १५,नासु तहका ३६,खरिदार तहका ८ र कार्यालय सहयोगी १ जना गरी ७५ जना कर्मचारीहरुको सरुवा गर्दा काँग्रेस,एमाले,माओवादीदेखि स्वतन्त्र रुपमा कर्मचारी संगठनको राजनीति गर्दै आएका कर्मचारीहरुलाई गृह र मातहतका कार्यालयमा खटाएको पाइएको हो ।
यसरी गृहमा प्रवेश पाउनेहरुमा सूचना तथा सञ्चारबाट सुरथ पोखरेल,स्वास्थ्यबाट मित्र घिमिरेलाई सिधै जिसस पठाइएको थियो भने शाखा अधिकृतहरुमा स्वास्थ्यबाट टंकराज गौतमलाई गृहमा पठाउँदा प्रम कार्यालयबाट कुल प्रसाद भट्टराई सिधै जिसस ताप्लेजुङ,भूमिबाट अजय झालाइए जिसस पाँचथर पठाइएको थियो । यस्तै डिलाराम खनाल,आयुस्मा बराल गृहमा भित्रिएका शाखा अधिकृतहरु हुन ।
बिज्ञापन
यता नासु तहका नरेश राम सिंह,सुदिप पोखरेल,दिवेस बहादुर परियार,रामप्रसाद भुसाल,हरि रावल,हरि विक,श्रीराम लम्सालका अलवा अन्य कर्मचारी गृहमा पठाइएको थियो । यसरी सरुवा भएका मध्ये कुल भट्टराई नेपाल निजामती कर्मचारी युनियनका सचिव हुन । यस्तै नेकपा निकट कर्मचारी संगठनका नेता हरिबहादुर रावल गृह मन्त्रालय नै पठाइएको छ उनी कर्मचारी संगठनका पूर्व अध्यक्ष हुन् । यस्तै,नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव गणेश भण्डारी र सोही युनियनका सचिव डा प्रकाश भट्टराईलाई पनि गृहमै लगिएको छ । यस्तै एमाले निकट कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीलाई सामान्यबाट गृहमा लगिएको छ भने उपमहासचिव बामदेव ओली पनि गृहमै पुगेका छन् । यस्तै उमेश पराजुलीको पनि गृहमन्त्रालय सरुवा गरेको छ। देवी पराजुली,गोविन्द अधिकारीहरुको सरुवा गृहमै भएको छ । यस्तै,कर्मचारी युनियनका अध्यक्ष रहेका उत्तम बहादुर कटुवाल गृहमन्त्रालय सरुवा भएको छ । यस्तै स्वतन्त्र कर्मचारी संगठन चलदाउँदै आएका पशुपति पोखरेलको पनि गृहमन्त्रालय सरुवा गरेको छ। अम्बादत्त भट्टको नापी विभागमा सरुवा गरिएको छ। यसरी सरुवा भएर गृहमा पुगेका मध्ये डिल्लीराम खनाल राकस महासचिव हुन । यस्तै रामप्रसाद भुसाल सङठनका केन्द्रीय सदस्य हुन । हरि लाल बिक सुनार राकसका सचिव हुन भने श्रीराम लम्साल युनियन उपाध्यक्ष,भुपेन्द्र अधिकारी युनियनका सचिव,पदम बहादुर शाही संगठनको सचिव,यस्तै देबी कुमारी पराजुली एमाले निकट कर्मचारी संगठनको सचिव हुन । यस्तै गोबिन्द अधिकारी पनि सोही संगठनको सचिव हुन । यस्तै,ढक बहादुर खड्का राकसको केन्द्रीय सदस्य,सुरेश बिस्ट निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्य हुन । गृहसँग समन्वय नगरी एकै पटक २३ जना कर्मचारीहरु गृहमा पठाइएसँगै तीनको व्यवस्थापन गृह प्रशासनका लागि टाउको दुखाइको बिषय बनेको छ ।
यी मध्ये कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुलाई उनीहरुकै गृहजिल्लामा खटाउने गरी गृहकार्य भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।तर,गृहका सहसचिव तथा कर्मचारी प्रशासन महाशाखा सम्हाल्दै आएका कालीप्रसाद पराजुलीले -‘कर्मचारी ट्रेड युनियनका नेताहरुलाई गृहजिल्लामै खटाउने भन्ने बिषयमा छलफल नभएको प्रतिक्रिया दिएका छन् । उहाँहरुको अस्ति शुक्रवार सरुवा भयो । चिठ्ठी लिएर आउने क्रम चलिरहेको छ,विवरण तयार हुँदैछ । सचिवज्यूसँग छलफल हुन पाएको छैन,उहाँसँगको छलफल पछि मात्र टुगो लाग्ला,कहाँ कहाँ पठाउने भन्ने बिषय’,पराजुलीले कर्मचारी प्रेससँग भने ।






























