रसुवामा ४३ हजार अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ

रसुवामा ४३ हजार अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ परेका छन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिका–५ बेत्रावती बजारस्थित पासाङल्हामु सडकखण्डमा नियमित सवारी चेकजाँचका क्रममा ठूलो परिमाणमा विदेशी मुद्रा बरामद गरिएको हो ।

बिज्ञापन

प्रहरीले काठमाडौँबाट टिमुरेतर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको जनाएको छ ।

मानसरोवर यात्राका लागि गइरहेको ३० जना भारतीय नागरिकको समूहका गाइड धादिङ गंगाजमुना गाउँपालिका–५ निवासी ३७ वर्षीय सुशिल गुरुङको साथबाट ४३ हजार अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ । बरामद रकममध्ये १०० डलर दरका ३६३ वटा, ५० डलर दरका ११२ वटा, २० डलर दरका २९ वटा, १० डलर दरका ५० वटा, ५ डलर दरका ३ वटा र १ डलर दरका ५ वटा नोट रहेका छन् ।

बिज्ञापन

प्रहरीले गुरुङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।
प्रहरी निरीक्षक राजु शाहले घटनाबारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष