बैंकमा थुप्रियो पैसा,घट्यो व्याज

आगामी नयाँ वर्ष २०८१ को वैशाख १ गतेदेखि लागु हुने गरी १३ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । वैशाख महिनाका लागि १३ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ५ वटाले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । वैशाखका लागि २ वटा बैंकले भने ब्याजदर बढाएका छन् । बैंकहरुमा अधिक तरलता थुप्रिएका कारण बैंकहरुले निक्षेपको ब्याजदरमा कटौती गरिरहेका हुन ।

बिज्ञापन

एनआईसी एसियादेखि कुमारी, प्रभु, राष्ट्रिय वाणिज्य बैंकले भने ब्याज घटाएका छन् । दुई वाणिज्य बैंकले भने वैशाखमा ब्याजदर बढाएका छन् । निक्षेप तान्नका लागि एनएमबी र एभरेष्ट बैंकले निक्षेपमा बढी ब्याज दिने भएका छन् । एनएमबीले ० दशमलव ९७ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । एभरेष्टले ० दशमलव ५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ ।

बिज्ञापन

निक्षेपमा एनएमबीले अधिकतम ७ दशमलव ९७ प्रतिशत ब्याज दिने निर्णय गरेको छ । चैतमा यो बैंकले ७ प्रतिशत मात्र ब्याज दिने निर्णय गरेको थियो । बैशाखमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नबिल बैंक र प्रभु बैंकले ब्याजदर स्थिर राखेका छन् ।

कृषि विकासले व्यक्तिगततर्फ ५ दशमलव ६६६१ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ५१ प्रतिशत, एनआईएमबीले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ दशमलव २५ प्रतिशत, हिमालयनले व्यक्तिगततर्फ ७ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत र, नबिलले व्यक्तिगततर्फ ७ दशमलव २५ प्रतिशत र संस्थागततर्फ ६ दशमलव २५ प्रतिशत र प्रभु बैंकले व्यक्तिगततर्फ ७ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ६ दशमलव ५ प्रतिशत ब्याजदर तोकेका हुन् ।
यता, प्राइम बैंकको ० दशमलव १५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७ दशमलव १ प्रतिशत तोकेको छ भने संस्थागततर्फ ६ दशमलव १ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल एसबिआई बैंकले ० दशमलव ४८ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६ दशमलव ५३ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ५३ प्रतिशत ब्याजदर तोकेको छ । कुमारी बैंकले व्यक्तिगततर्फ ७ दशमलव २६ प्रतिशत र संस्थागततर्फ ६ दशमलव २६ प्रतिशत ब्याजदर तोकेको छ ।
लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै सानिमा बैंकले व्यक्तिगततर्फ ७ दशमलव १० प्रतिशत र संस्थागततर्फ ६ दशमलव १० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६ दशमलव ५५ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बिज्ञापन

नेपाल बैंकले ६ दशमलव ७५ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । मछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ७ दशमलव २५ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिटिजन्स बैंकले ७ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ६ दशमलव ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यस्तै सबैभन्दा बढी एनआइसी एशियाले व्यक्तिगततर्फ ० दशमलव ८ प्रतिशत घटाएर ७ दशमलव ७५० प्रतिशत र संस्थागततर्फ ६ दशमलव ७० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नदी करिडोर र सार्वजनिक जग्गामा बनेका संरचना १५ दिनभित्र हटाउन टोखा नगरपालिकाको निर्देशन

राजस्व अनुसन्धान विभाग खारेज भएपछि सीमामा तस्करी बढ्यो : फ्लाइङ स्क्वाड प्रभावहीन

अब निजामती किताबखानाको सम्पूर्ण सेवाहरु अनलाइनबाटै

राजस्व अनुसन्धानको ठूलो एक्सन : पौडेल दम्पतीविरुद्ध करिब ६९ करोडको मुद्दा

उपसचिवविरुद्ध दोश्रो भ्रष्टाचार मुद्धा दायर,अधिकृत,नासुसहित ८ प्रतिवादी

नगरपालिका खटाइए पछि प्रदेशका उपसचिवले दिए राजीनामा

आईजीपी राजु अर्यालको चार वर्ष : नीतिगत सुधारदेखि सीमा सुरक्षासम्मको व्यापक परिवर्तन

अर्थ मन्त्रालय र महालेखाका कर्मचारीको खातामा १५ दिनको तलब

बिशेष