लगातार चार दिन सार्वजनिक बिदा

इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) का अवसरमा सरकारले २०८३ साल जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मुस्लिम आयोगले उक्त दिन बकर ईद परेको जानकारी गराएपछि गृह मन्त्रालयले सार्वजनिक बिदाको सूचना जारी गरेको हो।

बिज्ञापन

यससँगै जेठ १५ गते शुक्रबार गणतन्त्र दिवसको सार्वजनिक बिदा परेको छ भने १६ गते शनिबार नियमित साप्ताहिक बिदा रहेको छ। त्यस्तै, पछिल्लो समय इन्धन खपत घटाउने उद्देश्यले लागू गरिएको व्यवस्थाअनुसार १७ गते आइतबार पनि सार्वजनिक बिदा रहने भएको छ।

बिज्ञापन

यसरी १४ गतेदेखि १७ गतेसम्म लगातार चार दिन देशभर सार्वजनिक बिदा परेको छ।

बकर ईदको अवसरमा सरकारले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूका साथै सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष