सरकारले बर्ष दिनभन्दा लामो समयदेखि विभिन्न जिल्लाको कमाण्ड गरिरहेका प्रमुख जिल्ला अधिकारीहरुलाई यथावत राखेर ६ महिना अगाडिमात्र सिडियो बनेका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बनेर गएका माधव प्रसाद पोखरेलको सरुवा गरेको छ ।
बिज्ञापन
सामान्यतयाः एक वर्ष पूरा भएपछि प्रमुख जिल्ला अधिकारी सरूवा गर्ने प्रचलन रहँदै आएको छ। ती प्रमुख जिल्ला अधिकारीहरुलाई याथवत राखेर गत कार्तिकमा मात्र प्रमुख जिल्ला अधिकारी बनेर रुपन्देही पुगेका माधव प्रसाद पोखरेलको सरुवा गरेको हो । गृहले हालैमात्र ६ सहसचिव र २ जना उपसचिवहरुको सरुवा गर्दा विना कारण पोखरेल ६ महिनामै सरुवा परेका हुन । दाङको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई रुपन्देहीको सिडिओमा पठाएर रुपन्देहीका सिडिओ माधवप्रसाद पोखरेललाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाइएको छ। लगातार सिडिओ खाएर अर्याल रुपन्देही पुगेका हुन । उनी गत भदौमा मात्र दाङ पुगेका थिए। लमजुङबाट रुपन्देही पुगेको छोटो समयमै पोखरेल कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाइएको हो ।
उनको सरुवाको पछाडि जिल्लामा भइरहेको बालुवा, गिट्टीलगायत नदीजन्य पदार्थको उत्खनन् र ओसारपसारमा अवैध र गैरकानुनी क्रियाकलाप भएको व्यापक गुनासोपछि उनले अनुगमन तीव्र बनाएका कारण सरुवा भएको बताइएको छ । राष्ट्रिय गौरवको आयोजनाको नाममा ठूला मेसिनको प्रयोग गरेर दिनदहाडै नदी र माटोजन्य पदार्थको चरम दोहन गर्ने क्रम जिल्लामा चलिरहेको छ । बुटवल गोरुसिंगे सडक आयोजना, प्रादेशिक अस्पताल निर्माण र क्रसरहरुमा पोखरेलले अनुगमन बढाएका थिए । गत कात्तिक १७ गतेदेखि सिडिओको जिम्मेवारी सम्हालेका उनको ६ महिनामै सरुवा भएको हो ।
यसरी ६ महिनामै पोखरेल सरुवामा पर्दा बर्ष दिनदेखि नवलपरासी पूर्वका भविश्वर पाण्डे, सुर्खेतका जगदिश्वर उपाध्याय, स्याङ्जाका ईश्वरीप्रसाद अर्याल र रामेछापका श्यामकृष्ण थापा रहेका छन्। त्यस्तै रूद्रादेवी शर्मा गृहको सदाबहार प्रमुख जिल्ला अधिकारीमा पर्दछिन् । उनी अहिलेसम्म सात वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी भइसकेकी छिन् । हाल कास्कीको सिडिओ भएको १ वर्ष हुन लागेको छ। यस्तै,ण्भघविश्वर पाण्डे २०८१ चैत्र १० गते नवलपरासी पूर्वको प्रमुख जिल्ला अधिकारीमा हाजिर भएका थिए। जगदिश्वर उपाध्याय २०८१ चैत्र ११ गते सुर्खेतको सिडिओ र इश्वरी प्रसाद अर्याल २०८१ चैत्र २७ गते स्याङजाको सिडिओमा हाजिर भएका थिए। श्याम कृष्ण थापा २०८२ बैशाख २१ रामेछापको सिडिओ भएर पुगेका थिए। यी ४ जना सहसचिवले सिडिओ चलाएको १ वर्ष पूरा भएको छ। कास्कीको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा भने २०८२ जेष्ठ २० हाजिर भएकी हुन ।



































