संघीय निजामती विद्येयकमा अर्थको सहमति,महिनाभित्रैमा ऐन ल्याइने तयारी

संघीय निजामती सेवा विद्येयकको मस्यौदामा अर्थ मन्त्रालयले सहमति प्रदान गरेको छ । साता दिन अगाडि राय परामर्शका लागि अर्थ पठाइएको सो विद्येयकमा सुझावसहित अर्थले सामान्यमा फिर्ता पठाएको हो ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सरोकारवालाबाट आएका ७ हजार सुझावलाई संश्लेषित गर्दै सो विधेयकको मस्यौदा रायपरामर्शका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले यी सुझावहरु अध्ययनका गरी परिमार्जनका लागि मन्त्रालयका सहसचिव प्रकाश दाहालको संयोजकत्वमा कानुन मन्त्रालयका सहसचिव विनोद भट्टराई,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्याल,सामान्य प्रशासनका चारै जना सहसचिव,कानुनका उपसचिव मधु ज्ञवालीसहितको समूहले यी सुझावहरु अध्ययन सहित परिमार्जन सहित मस्यौदा तयार पारी आवश्यक सुझाव लिएर सो विधेयक परामर्शका लागि अर्थ मन्त्रालयमा पठाएकोमा हिजो नै अर्थबाट सहमति प्राप्त भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

अब अर्थबाट आएको सुझावलाई समेटेर सो विधेयकको मस्यौदा पुनः कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइने छ । कानुन मन्त्रालयबाट आवश्यक परामर्शसहित आएपछि सो विधेयकको मस्यौदा मन्त्रिपरिषद्बाट निर्णय गरी लोकसेवा आयोगमा पठाइने मन्त्रालयले जनाएको छ । लोकसेवाबाट आवश्यक सुझाव र परामर्शसहित विधेयक मन्त्रालयमा आएपछि त्यसलाई अन्तिम रूप दिएर कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषद्ले प्रतिनिधिसभामा पठाउनेछ । अबको महिना दिनभित्रैमा संघीय निजामती सेवा विद्येयक जारी हुने भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष