श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

विदेशी निकाय र नियोगमा खटाइने करिअर डेप्लोम्याटहरुको खटन पटनको अधिकार अब परराष्ट्र मन्त्रालय मातहत पुगेको छ । यस अघि विभिन्न मुलुकमा राजदूत,महावाणिज्यदूतहरुमात्र परराष्ट्रबाट खटाइँदै आएकोमा अब श्रम सहचारी र वाणिज्यदूतको खटन पटनको अधिकार पनि सम्बन्धित मन्त्रालयहरुबाट खोसेर परराष्ट्रमा लगिएको छ ।

बिज्ञापन

श्रम सहचारी र वाणिज्यदूत खटाउने अधिकार परराष्ट्र मन्त्रालयले खोसेको छ । यस अघि श्रम सहचारी श्रम मन्त्रालय र वाणिज्यदूत वाणिज्य तथा आपूर्ति मन्त्रालयले खटाउँदै आएकोमा श्रम र वाणिज्य मन्त्रालयबाट ती अधिकार खोसेर परराष्ट्रमा लगिएको हो ।

बिज्ञापन

सरकारद्धारा जारी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ ले श्रम सहचारी र वाणिज्यदूत खटाउने अधिकार ती मन्त्रालयबाट खोसेर परराष्ट्रमा लगिएको हो । यस अघि नेपाल प्रशासन सेवा,सामान्य प्रशासन सेवाका कर्मचारी काउन्सेलर तथा श्रम सहचारी नियुक्ति हुँदै आएका थिए । श्रम सहचारी हुनका लागि कम्तिमा आवश्यक पर्ने श्रेणी र पदमा कम्तिमा तीन बर्ष पुगेको हुनुपर्ने र उल्लेखित कार्यालयमा कम्तिमा एक बर्षदेखि कार्यरत रहेको हुनुपर्ने प्रावधान राखिएको थियो ।

यस्तै वाणिज्यदूत हुनका लागि समेत वाणिज्य मन्त्रालयमा काम गरेका कर्मचारीहरुलाई पठाउँदै आएकोमा सरकारले नेपाल सरकार कार्यविभाजन नियमावलीमार्फत परराष्ट्र मन्त्रालयको कार्यक्षेत्रभित्र २३ वटा जिम्मेवारी तोकिएको छ । जसमा १० औं नम्बरमा वाणिज्यदूत र श्रम सहचारी खटाउने अधिकार परराष्ट्र मातहत पुर्याइएको हो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष