रोलक्रम भङ्ग गर्दै पोखरेल एआइजी सिफारिस, सशस्त्र प्रहरीभित्र चर्कियो असन्तुष्टि

सरकारले योग्यताक्रम मिचेर प्रधानन्यायधीश नियुक्त गरेको भन्दै अहिले रामशाहपथमा असन्तृष्टि चलिरहेको छ । त्यही असन्तृष्टिको बाछिटा हलचोकतिर पनि देखिएको छ । जहाँ पहिलो नम्बरका व्यक्तिलाई बाहिर पारेर दोश्रो नम्बरका व्यक्तिलाई एआइजी नियुक्ति गरिएको भन्दै असन्तृष्टि पोख्न थालेका छन् ।

बिज्ञापन

सरकारले सशस्त्र प्रहरी बल नेपाल एआइजीमा अन्जली कुमार पोखरेललाई उकालिएसँगै सशस्त्र प्रहरीमा समेत असन्तृष्टि शुरु भएको हो ।यसरी नियुक्ति हुँदा रोलक्रम मिचेको भन्दै संगठनभित्र तीव्र असन्तुष्टि चुलिएको छ। २०७९ माघ २५ गते डीआइजीमा बढुवा हुँदा पहिलो नम्बरमा सुरेश कुमार श्रेष्ठ, दोस्रोमा अन्जनी कुमार पोखरेल,दीपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका थिए। तर अहिले पहिलो नम्बरका श्रेष्ठलाई पाखा लगाउँदै दोस्रो नम्बरका पोखरेललाई एआइजीमा उकालिएसँगै संगठनभित्र असन्तृष्टि पोख्न थालिएको छ ।

बिज्ञापन

पोखरेल यसअघि नम्बर १ बाहिनीमा कार्यरत रहँदा पटक–पटक विवादमा तानिएका अधिकारीका रूपमा चिनिन्छन्। उनी अधिकांश समय नियमित कमाण्डभन्दा बढी अन्तर्राष्ट्रिय मिसनमा सक्रिय रहेको चर्चा संगठनभित्र हुने गरेको छ। संयुक्त राष्ट्रसंघीय मिसनका क्रममा हालका अर्थमन्त्री स्वर्णिम वाग्लेसँग निकट सम्बन्ध बनाएको तथा निर्वाचनताका बागमती प्रदेशको बाहिनीपति हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि राम्रो सम्बन्ध रहेको चर्चा सशस्त्र वृत्तमा चल्ने गरेको छ।

संगठनभित्रका अधिकारीहरूका अनुसार रोलक्रम, कार्यसम्पादन र संस्थागत मर्यादाभन्दा राजनीतिक पहुँच, शक्ति केन्द्रसँगको सम्बन्ध र आर्थिक प्रभाव हावी हुन थालेपछि संगठनको मनोबल खस्कँदै गएको छ। “वरिष्ठता प्रणाली नै निष्प्रभावी बनाउने गरी निर्णय हुन थालेपछि भविष्यमा चेन अफ कमाण्डमै असर पर्न सक्छ,” एक अधिकारीले गुनासो गरे।

बिज्ञापन

सरकारको पछिल्लो निर्णयले सुरक्षा निकायभित्र बढुवा प्रणालीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ। वरिष्ठता मिच्ने र विवादित व्यक्तिलाई प्राथमिकता दिने अभ्यासले संगठनभित्र थप ध्रुवीकरण र असन्तोष बढ्ने चिन्ता व्यक्त हुन थालेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

बिशेष