भक्तपुर मालपोतमा कृष्ण नेपाल–पवन भट्टराईको दबदबा

भक्तपुरस्थित साविक मालपोत कार्यालय हालको भूमि प्रशासन कार्यालय भक्तपुर मा दुई नायब सुब्बा (नासु) को प्रभाव र दबाब अस्वाभाविक रूपमा बढेको भन्दै सेवाग्राही र कर्मचारी वृत्तमै व्यापक असन्तुष्टि देखिएको छ। कार्यालयका नासु कृष्ण नेपाल र पवन भट्टराईले शाखा संरचना नै आफ्नो अनुकूल बनाउन खोजेको आरोप लागेको हो।

बिज्ञापन

कार्यालय स्रोतका अनुसार कृष्ण नेपाल हाल मुद्दा ‘ख’ शाखामा कार्यरत छन् भने पवन भट्टराई रजिस्ट्रेसन ‘ङ’ शाखामा कार्यरत छन्। सरकारले मालपोतका सेवा क्रमशः स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी गरिरहेका बेला उनीहरूले रजिस्ट्रेसन तथा मुद्दा शाखा मर्ज गरेर ‘वनडोर सिस्टम’को नाममा सम्पूर्ण फाइल आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप छ।

बिज्ञापन

हाल कार्यालयमा पाँचवटा रजिस्ट्रेसन शाखा र दुईवटा मुद्दा शाखा सञ्चालनमा छन्। तर रजिस्ट्रेसनका सम्पूर्ण काम एकीकृत गरेर पवन भट्टराईको नियन्त्रणमा ल्याउने तथा दुवै मुद्दा शाखा मर्ज गरेर कृष्ण नेपालले एकलौटी प्रभाव कायम गर्न खोजिरहेको स्रोतको दाबी छ। सेवाग्राहीहरूका अनुसार कार्यालयमा बिचौलिया नियन्त्रणको सरकारी दाबी कमजोर बन्दै गएको छ भने बिचौलिया भनेर चिनिने प्रमोद खड्का समूहसँग निकट कर्मचारीहरूको प्रभाव अझै बलियो बनेको छ।

कृष्ण नेपाल नेपाल निजामती कर्मचारी संगठन का केन्द्रीय सदस्यसमेत हुन्। उनी यसअघि पनि विवादमा तानिएका थिए। तत्कालीन कार्यालय प्रमुख माधव घिमिरेको सरुवा भएपछि उनले शुक्रबार रमाना लिएको भए पनि भोलिपल्ट शनिबार छुट दर्ताको अन्तिम दिन पारेर ब्याक डेटमा ३३ वटा फाइल टुंगाइएको आरोप छ।

बिज्ञापन

स्रोतका अनुसार ती फाइल टुंगाउन करिब ६ करोड रुपैयाँसम्मको ‘डिल’ भएको चर्चा कार्यालयभित्रै चलेको थियो। तत्कालीन प्रमुख घिमिरेको निवास नजिक गठ्ठाघरस्थित एक सेकुवा घरमा बसेर ब्याक डेटमा फाइल मिलाइएको आरोपसमेत लागेको छ।

उक्त विषय तत्कालीन भूमि व्यवस्था मन्त्री कुमार इङनामसम्म पुगेपछि मन्त्रालयले चासो दिएको थियो। मन्त्री इङनामले कार्यालयको सिसिटिभी फुटेजसमेत हेरेका थिए भने गाडीमा फाइल ओसारपसार गर्ने दुई जना चालकसँग स्पष्टीकरणसमेत सोधिएको स्रोतले जनाएको छ।

स्थानीय तहमा सेवा हस्तान्तरणको तयारी भइरहेका बेला कार्यालयभित्र बढ्दो ‘सिन्डिकेट’, शाखा नियन्त्रणको दौड र बिचौलिया प्रभावले सेवाप्रवाह झन् विवादित बन्दै गएको कर्मचारीहरू बताउँछन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी विज्ञापन निषेधको निर्णय सर्वोच्चद्वारा खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

बिशेष