पाँच लाख घुससहित रंगेहात समातिएका सुब्बाविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुससहित रंगेहात पक्राउ परेका नासुविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध आज विशेष अदालतमा मुद्धा लगेको हो । खाम्चालाई गत वैशाख चार गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घूसबापत लिइरहेको अबस्थामा रंगेहात पक्राउ गरेको थियो । उनको साथबाट २ लाख र स्रोत नखुलेको थप साढे ३ लाख गरी साढे ५ लाख नगदसहित नियन्त्रणमा लिएको थियो । अख्तियारले पक्राउ गरेको महिना दिन पछि विशेषमा मुद्धा लगेको हो ।

बिज्ञापन

जग्गाको नयाँ श्रेस्ता कायम तथा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग उनले घूस मागेको भेटिएपछि अख्तियारलाई सूचना पुगेको थियो । त्यसकै आधारमा खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १३ बाट नियन्त्रण लिएको हो । अनुसन्धानको क्रममा उनले जीर्ण स्रेस्ता कायम गरी अपुताली जग्गा नामसारी दाखासमेतका काम गरिदिएबापत सेवाग्राहीसँग घुस बुझेको अनुसन्धानबाट खुलेको अख्तियारका अधिकारीहरुले जनाएकाछन् ।

बिज्ञापन

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दुई लाख रुपैयाँ बिगो कायम गर्दै उनलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष