३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिङ अपरेसन

वैदेशिक रोजगारीको नाममा सर्वसाधारणलाई कसरी आर्थिक रूपमा निचोरिन्छ भन्ने अर्को घटना काठमाडौंमा बाहिरिएको छ। मलेसिया उड्ने तयारीमा रहेका सप्तरीका अजय कुमार यादव अन्तिम समयमा पुगेपछि मात्रै ठगीको जालोबाट जोगिएका छन्।

बिज्ञापन

सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका यादवको उडान वैशाख २९ गतेका लागि तय गरिएको थियो। सरकारले लागू गरेको ‘फ्रि भिसा फ्रि टिकट’ नीति अनुसार मलेसिया जाने कामदारले सेवा शुल्कबापत बढीमा १० हजार रुपैयाँ मात्र तिर्नुपर्ने व्यवस्था छ। तर, कोटेश्वरस्थित ‘ग्रान्ड स्विट जब’ नामक म्यानपावर कम्पनीले भने उनीसँग ३ लाख १० हजार रुपैयाँ मागेको आरोप लागेको छ।

बिज्ञापन

पीडित यादवका अनुसार सुरुमा कम्पनीले “धेरै पैसा लाग्दैन” भन्दै प्रक्रिया अघि बढाएको थियो। तर भिसा आएपछि भने रकम नतिरे विदेश जान नदिने चेतावनी दिन थालियो। कम्पनीले अन्ततः “१० हजार छुट” गरिदिने भन्दै ३ लाख रुपैयाँमा कुरा मिलाएको थियो।

यसअघि नै टिकट र प्रक्रिया खर्च भन्दै ७० हजार रुपैयाँ बुझाइसकेका यादवसँग बाँकी २ लाख २० हजार रुपैयाँ नल्याएसम्म राहदानी, श्रम स्वीकृति र टिकट नदिने अडान कम्पनीले लिएको थियो। त्यसपछि उनी ऋण खोज्दै काठमाडौं आएका थिए।

बिज्ञापन

शनिबार बिहान म्यानपावर कम्पनीका एक कर्मचारीले यादवलाई फोन गरी पासपोर्ट र कागजात आफूसँग रहेको बताउँदै तीनकुने–गैरीगाउँस्थित पेट्रोल पम्प नजिक पैसा लिएर आउन भने। त्यतिबेलासम्म यादवले आफ्नो समस्या श्रममन्त्री रामजी यादवको सचिवालयसम्म पुर्‍याइसकेका थिए।

श्रममन्त्रीका स्वकीय उपसचिव सरोज यादव प्रहरी र केही सञ्चारकर्मी सहित घटनास्थल पुगे। त्यहाँ म्यानपावर कम्पनीका कर्मचारीले सुरुमा पैसा मागेका थिए। यादवले भने “पहिले कागजात दिनुस्, त्यसपछि पैसा दिन्छु” भनेपछि विवाद सुरु भएको थियो। त्यसलगत्तै प्रहरीले ती कर्मचारीलाई नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिले आफू म्यानपावरको भिसा शाखामा कार्यरत रहेको बताएका थिए। उनले ‘फ्रि भिसा फ्रि टिकट’ अन्तर्गत जाने कामदारसँग लाखौं रकम मागेको स्वीकारेपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ।

उनको साथबाट चार वटा राहदानी, फ्लाइट टिकट र अन्य महत्त्वपूर्ण कागजात समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा ती सबै कागजात रकम असुलीपछि मात्रै सम्बन्धित व्यक्तिलाई दिने तयारी गरिएको आशंका गरिएको छ।

प्रहरीको हस्तक्षेपपछि यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट फिर्ता गरिएको छ। अब उनी आइतबार मलेसिया उड्ने तयारीमा छन्।

घटनापछि यादवले आक्रोश व्यक्त गर्दै भने, “गरिब मान्छे विदेश गएर कमाइ गर्छु भनेर ऋण खोज्दै हिँड्नुपर्छ। त्यसमाथि म्यानपावरले यसरी पैसा असुल्न खोज्छन्। यस्तो काम गर्नेलाई कडा कारबाही हुनुपर्छ।”

श्रममन्त्रीको सचिवालयले वैदेशिक रोजगारीमा जाँदा कसैले अतिरिक्त रकम मागे वा कागजात रोके तत्काल श्रम मन्त्रालय वा प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ।

यो घटनाले ‘फ्रि भिसा फ्रि टिकट’ नीति कागजमा सीमित हुँदा वैदेशिक रोजगारीका नाममा अझै पनि कामदारहरू कसरी संगठित रूपमा ठगिइरहेका छन् भन्ने प्रश्न फेरि उठाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दाइको आवेदन भाइको राजीनामा,संयोजक तोकिए आचार्य

३१ सार्वजनिक संस्थान र १ स्थानीय तहले गराएनन् लेखापरीक्षण

३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिङ अपरेसन

तीन मन्त्रालय खाली,चार सचिव कटौती,कार्यालय र कर्मचारीको व्यवस्थापन कसरी ?

मुस्ताङमा २८ करोड बराबरको भेप नियन्त्रण: तस्करी गर्ने सात जना पक्राउ

कोरोला नाकाबाट संगठित तस्करी: सुरक्षा निकाय र कर्मचारीकै मिलेमतोको आशंका

कोरोला नाकाबाट भित्रियो १ लाख २० हजार ‘भेप’ : रविन्द्र दर्नाल सहित तीन जना पक्राउ

निजामती विद्येयकमा पठाइएका सुझाव गायब,बिषयबस्तु सम्बोधनै नगरी पठाइयो अर्थमा

बिशेष