मुस्ताङमा २८ करोड बराबरको भेप नियन्त्रण: तस्करी गर्ने सात जना पक्राउ

नेपाल–चीन सीमावर्ती क्षेत्रमा इलेक्ट्रोनिक चुरोट (भेप) तस्करीको संगठित सञ्जाल सक्रिय रहेको संकेत गर्ने दुई ठूला घटना सार्वजनिक भएका छन्। मुस्ताङको कोरोला नाका हुँदै काठमाडौंतर्फ ल्याइँदै गरिएको करिब २८ करोड रुपैयाँ बराबरको भेपसहित दुई कन्टेनर नियन्त्रणमा परेका छन् भने सिन्धुपाल्चोकको कादेरीजवाट जंगलको बाटो प्रयोग गरी भित्र्याइएको भेपसहित सात जना पक्राउ परेका छन्।

बिज्ञापन

यी दुई घटनाले उत्तरी नाकाहरू अहिले अवैध ‘भेप ट्रान्जिट’ का रूपमा प्रयोग हुन थालेको आशंका बलियो बनाएको छ।

बिज्ञापन

मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टी क्षेत्रमा जेठ १ गते राति सशस्त्र प्रहरी, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले दुईवटा कन्टेनर नियन्त्रणमा लिएको थियो। उक्त कन्टेनरमा ठूलो परिमाणमा चाइनिज इलेक्ट्रोनिक चुरोट (भेप) तथा अन्य सामान फेला परेको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा नायव महानिरीक्षक विष्णु प्रसाद भट्ट का अनुसार ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरका कन्टेनर कोरोला नाका हुँदै काठमाडौंतर्फ आउँदै थिए।

बिज्ञापन

घटनामा धादिङको धुनीबेशी नगरपालिका–१ निवासी सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ तथा सोही गाउँपालिका–३ का पासाङ शेर्पालाई नियन्त्रणमा लिइएको छ।

खानतलासीका क्रममा २ सय ५९ कार्टुनभित्र लुकाएर राखिएको करिब १ लाख २० हजार पिस भेप बरामद भएको सुरक्षा स्रोतले जनाएको छ। प्रारम्भिक मूल्यांकनअनुसार एक पिस भेपको मूल्य अन्तर्राष्ट्रिय बजारमा १५ अमेरिकी डलरसम्म पर्ने भएकाले बरामद भेपको मूल्य करिब २८ करोड रुपैयाँ हाराहारी हुनसक्ने अनुमान गरिएको छ।

बरामद सामानमा विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा तथा सामान प्याकिङमा प्रयोग हुने १५ केजी खाली कार्टुन बक्ससमेत रहेका छन्। पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ भने बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा राखिएको छ।

मुस्ताङ घटनासँगै सिन्धुपाल्चोकको नेपाल–चीन सीमा क्षेत्र कादेरीमा पनि भेप तस्करीको अर्को घटना सार्वजनिक भएको छ। इलाका प्रहरी कार्यालय कादेरीको टोलीले चीनतर्फबाट जंगलको बाटो हुँदै नेपाल प्रवेश गरेका सात जनालाई भेपसहित पक्राउ गरेको हो।

इन्स्पेक्टर जगतबहादुर राई को कमाण्डमा रहेको प्रहरी टोलीले जेठ १ गते राति साढे ९ बजे भोटेकोशी गाउँपालिका–३ स्थित दशकिलो खोलाको पुल क्षेत्रमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार ती व्यक्ति खासा, रमिते र लासाङ क्षेत्र हुँदै जंगलको बाटो प्रयोग गरेर भोटेकोशी नदी तरेर नेपाल प्रवेश गरेका थिए। भारी बोकेर आउँदै गरेका उनीहरूमाथि शंका लागेपछि गरिएको जाँचका क्रममा ९ वटा बोराभित्र लुकाएर ल्याइएको १ हजार ६ सय २० थान भेप बरामद भएको हो।

पक्राउ पर्नेहरूमा भोटेकोशी गाउँपालिका–४ निवासी ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास बिक, ४८ वर्षीय रामबहादुर बिक, १७ वर्षीय विशाल रक्पाल, ३७ वर्षीय मंगलबहादुर थामी तथा बाह्रबिसे नगरपालिका–५ निवासी ४२ वर्षीय कान्छा तामाङ रहेका छन्।

प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

सुरक्षा निकायका अनुसार पछिल्लो समय नेपालमा भेपको प्रयोग र माग बढ्दै जाँदा चीन सीमावर्ती नाकाहरू हुँदै अवैध रूपमा ठूलो परिमाणमा भित्र्याउने क्रम तीव्र भएको छ। उच्च कर, कमजोर निगरानी र दुर्गम भूगोलको फाइदा उठाउँदै संगठित समूहहरूले वैकल्पिक मार्ग प्रयोग गरिरहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

विशेषगरी कोरोला, तातोपानी, कादेरी र भोटेकोशी आसपासका क्षेत्र तस्करहरूको ‘ट्रान्जिट रुट’ बन्न थालेको सुरक्षा स्रोतको भनाइ छ। मुस्ताङमा कन्टेनरमार्फत र सिन्धुपाल्चोकमा ‘मानव भरिया’ प्रयोग गरेर भेप भित्र्याइनुले तस्करीको शैली नै परिवर्तन भइरहेको संकेत गरेको छ।

अनुसन्धान अधिकारीहरूका अनुसार पक्राउ परेका व्यक्ति केवल ढुवानीमा प्रयोग भएका ‘क्यारियर’ मात्रै हुनसक्ने र यसको पछाडि ठूलो आर्थिक सञ्जाल सक्रिय रहेको आशंका गरिएको छ। अबको अनुसन्धान मुख्य लगानीकर्ता, वितरण नेटवर्क र सीमावर्ती संरक्षण प्रणालीतर्फ केन्द्रित हुने बताइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष