स्वास्थ्यदेखि खाद्य स्वच्छतासम्म एउटै मन्त्रालयको दायरामा, राजपत्रमा सार्वजनिक भयो ३७ बुँदे कार्यक्षेत्र

काठमाडौं — नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित कार्य विभाजन नियमावली, २०८३ मार्फत नवगठित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विस्तृत कार्यक्षेत्र सार्वजनिक गरेको छ। नियमावलीअनुसार मन्त्रालयले स्वास्थ्य सेवा, औषधि नियमन, जनस्वास्थ्य, महामारी व्यवस्थापनदेखि खाद्य स्वच्छता र खाद्य क्वारेन्टाइनसम्मका ३७ वटा जिम्मेवारी सम्हाल्ने भएको छ।

बिज्ञापन

राजपत्रअनुसार मन्त्रालयले अब स्वास्थ्य तथा पोषण सम्बन्धी नीति, कानून र मापदण्ड निर्माण गर्नेछ भने प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनःस्थापनात्मक तथा निवारणात्मक स्वास्थ्य सेवाको राष्ट्रिय नीति निर्माण र कार्यान्वयनको जिम्मेवारी पनि सम्हाल्नेछ।

बिज्ञापन

मन्त्रालयले राष्ट्रिय तथा केन्द्रीय अस्पताल, स्वास्थ्य प्रतिष्ठान, नर्सिङ होम तथा विशिष्ट सेवा प्रदायक अस्पतालको स्थापना, सञ्चालन र नियमन गर्ने व्यवस्था गरिएको छ। अस्पताल तथा स्वास्थ्य संस्थाको प्रत्यायनसम्बन्धी कामसमेत मन्त्रालयकै मातहत रहनेछ।

औषधि, स्वास्थ्य सामग्री तथा स्वास्थ्य प्रविधिको उत्पादन, सञ्चय, बिक्री–वितरण र अन्तिम विसर्जनसम्मको गुणस्तर तथा नियमनको अधिकार मन्त्रालयलाई दिइएको छ। औषधि निगरानी, खरिद तथा आपूर्ति व्यवस्था, खोप र परिवार नियोजनका साधनको मौज्दात व्यवस्थापन तथा आपतकालीन अवस्थाका लागि बफर स्टक राख्ने जिम्मेवारी पनि मन्त्रालयकै हुनेछ।

बिज्ञापन

राजपत्रमा आयुर्वेद, युनानी, आम्ची, होमियोप्याथिक तथा प्राकृतिक चिकित्सा लगायत परम्परागत उपचार प्रणालीसम्बन्धी नीति तथा मापदण्ड निर्माणको जिम्मेवारी पनि मन्त्रालयलाई तोकिएको छ।

सर्ने तथा नसर्ने रोग नियन्त्रण, अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन, महामारी व्यवस्थापन, जनस्वास्थ्य आपतकालीन अवस्था तथा विपद् व्यवस्थापनमा मन्त्रालयले केन्द्रीय भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ। आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा रिफरल प्रणाली विकाससम्बन्धी काम पनि मन्त्रालयले गर्नेछ।

त्यस्तै स्वास्थ्य बीमा, सामाजिक स्वास्थ्य सुरक्षा, स्वास्थ्य क्षेत्रमा आवश्यक मानव स्रोत विकास तथा व्यवस्थापन, स्वास्थ्य सेवा शुल्क निर्धारण र राष्ट्रिय स्वास्थ्य प्रोटोकल निर्माणसम्बन्धी कार्य पनि मन्त्रालयअन्तर्गत रहनेछ।

मन्त्रालयलाई राष्ट्रिय रिफरेन्स प्रयोगशाला तथा परीक्षण केन्द्र स्थापना र नियमन गर्ने अधिकार दिइएको छ भने स्वास्थ्य सूचना प्रणाली, स्वास्थ्य लेखा पद्धति तथा जनस्वास्थ्य निगरानीसम्बन्धी काम पनि जिम्मेवारीभित्र समेटिएको छ।

जनसंख्या, बसाइसराइ, परिवार नियोजन, मातृशिशु कल्याण र प्रजनन स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीति निर्माण तथा अध्ययन–अनुसन्धानको काम पनि मन्त्रालयले गर्नेछ। बसाइसराइ सर्वेक्षण तथा स्थिति विश्लेषणसमेत मन्त्रालयको कार्यक्षेत्रमा राखिएको छ।

नयाँ नियमावलीले सरसफाइ तथा स्वच्छता र खाद्य स्वच्छतालाई एउटै प्रशासनिक संरचनाभित्र ल्याएको छ। खाद्य क्वारेन्टाइन, खाद्य प्रविधि तथा गुण नियन्त्रणसम्बन्धी कार्य पनि मन्त्रालयअन्तर्गत राखिएको छ।

यसैगरी मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय गर्नेछ भने मन्त्रालयअन्तर्गतका सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान तथा कम्पनीहरूको सञ्चालन र नियमनको जिम्मेवारी पनि सम्हाल्नेछ।

राजपत्रअनुसार नेपाल स्वास्थ्य सेवाको सञ्चालनसम्बन्धी सम्पूर्ण प्रशासनिक तथा नीतिगत जिम्मेवारी पनि यही मन्त्रालयअन्तर्गत रहने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

परिमार्जनसहित रायपरामर्शका लागि अर्थमा पुग्यो संघीय निजामती सेवा विद्येयक

कुन मन्त्रालयको कति बेरुजु ३ बजेपछि

कसरी हुँदैछ कटौतीमा परेका मन्त्रालयका सचिवको व्यवस्थापन ? 

स्वास्थ्यदेखि खाद्य स्वच्छतासम्म एउटै मन्त्रालयको दायरामा, राजपत्रमा सार्वजनिक भयो ३७ बुँदे कार्यक्षेत्र

पुनः श्रम स्वीकृति अब ‘मानिस होइन, सिस्टम’ले दिने तयारीमा सरकार

इन्जिनियरिङ परिषद्को रजिष्ट्रारका लागि दरखास्त आह्वान

डिजिटल कर्मचारी प्रोफाइल निर्माण अभियानमा स्टाफ कलेज पहिलो

सुशीलाको पालामा गृह मातहत पुगेको विभाग बालेनले प्रधानमन्त्री कार्यालयमै फर्काए

बिशेष